नेपालगन्ज : सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ।
बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको हो। स्टारको तर्फबाट कुलदीप कार्कीले पेनाल्टी मार्फत ३८ मिनेट र रुप बहादुर लामाले गोल गरेका थिए।
सैनिकका जिवन गुरुङले ४० मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवम कप्तान किशोर गिरी घोषित भए। सुदूरपश्चिमको स्टार सिटीले दुइ खेल जित्दै ६ अंक जोडन सफल भएको छ। स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो।
प्रतियोगिता अन्तरगत आज मनकामना युवा क्लब रौतहट र धम्बोजी स्पोर्टस क्लब बाँके तथा धादिङ समाज धादिङ र त्रिवेणी युवा क्लब लमजुङबीच खेल हुने छ।