कविता
अपाङ्ग मानव होइन , र ?
किन गर्छाै भ्रमको खेती
मात्र नजरको हो खेल
सृष्टिको जालमा
आ–आफ्नै सागरभित्र
नाउ खियाउनै पर्छ
आखिर डेरा त हो
यो भौतिक संसार
सँगसँगै बाँच्दा
के पो फरक हुन्छ , र ?
रहरले अन्धो होइन
खुशीले पोलियो ओइन
चाहनाले कानो खोरण्डो होइन
भकभके लाटो होइन
समयको बुई चढ्दा
नियतिको उपहार त हो ।
आखिर साझा फूलवारी त रहेछ
यो भौतिक संसार
सँगसँगै नाच्दा
के पो फरक हुन्छ , र ?
खै त अवसर अपाङ्गहरूलाई
स्कुल पढ्न नपाउने
सामाजिक प्रतिष्ठा
कहिल्यै नआउने
एउटा पथ्थर पुजेर
सबै ढुङ्गालाई देवता भन्न मिल्छ , र ?
तपाईं सबलाङ्ग भएर
के पो गर्नुभएको छ र , ?
आउने जाने बाटो एकै हो
बरु हातेमालो गरौँ
अभिमानको खोल च्यातेर
आखिर
मायाकै बगैँचा त रहेछ
यो भौतिक संसार
सँगसँगै हाँस्दा
के पो फरक हुन्छ , र ?
जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...