Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

तालिबानद्वारा पाकिस्तान बोर्डर सील, रोकियो भारत–अफगानिस्तान व्यापार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ३, २०७८
in विश्व
तालिबानद्वारा पाकिस्तान बोर्डर सील, रोकियो भारत–अफगानिस्तान व्यापार
36
SHARES
Share on FacebookShare on Twitter

काबुलमाथि तालिबानको कब्जापछि भारतसँग व्यापारको विषयमा सबैभन्दा बढी आशंका जताइँदै थियो । अब यो वास्तविकतामा परिणत भइरहेको देखिएको छ । भारतका अनुसार तालिबानले उसँगको सीमापार व्यापार बन्द गरेको छ ।

चारैतिर मैदानी हिस्साले घेरिएको अफगानिस्तानसँग भारतको व्यापारिक लेनदेन मुख्य रुपमा पाकिस्तानको बाटो हुँदै गुज्रिन्छ । दुई देशबीच सडकमार्फत् हुने यो व्यापार अब ठप्प भएको छ । फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) का अनुसार गाडीको आवतजावत अब रोकिएको छ जसका कारण लाखौं डलरको सामानको आयात र निर्यात रोकिएको छ ।

फेडरेशन अफ इन्डिन एक्सपोर्ट अर्गनाइजेशनका महानिर्देशक अजय सहायले बीबीसीसँगको कुराकानीमा भने, ‘तालिबानले अफगानिस्तानसँग पाकिस्तानी सीमा सील गरेको छ । अफगानिस्तानबाट हुने धेरैजसो आयात पाकिस्तानको ट्रान्जिट रुट हुँदै आउँछ । हाल त्यो रुट बन्द छ । जबसम्म त्यो सीमा खोलिँदैन । उक्त सीमाबाट व्यापार बन्द छ । निर्यातकर्ता चिन्तित छन् । उनीहरु अलमलको स्थितिमा छन् ।’

उनले भने, ‘हाल स्थिति चिन्ताजनक छ । हामी स्थितिमाथि निगरानी गरिरहेका छौं ।’

अफगानिस्तानको निर्यातमा साझेदारः

अफगानिस्तानको निर्यात उसको सकल घरेलू उत्पादनको २० प्रतिशत छ । अर्थात्, अफगानिस्तानको अर्थव्यवस्थाको पाँचौं हिस्सा उसको निर्यातामा निर्भर छ । उसको कूल निर्यातको ४५ प्रतिशत हिस्सा कालीन र रग्स हो । त्यसपछि ड्राइ नट्स (३१ प्रतिशत) र जडिबुटी (१२ प्रतिशत) पर्छ ।

यदि अफगानिस्तानको सबैभन्दा ठूलो निर्यात साझेदारको कुरा गर्ने हो भने पाकिस्तान (कूल निर्यातको ४८ प्रतिशत) को स्थानसहित सबैभन्दा माथि छ । त्यसपछि भारत (१९ प्रतिशत) सहित दोस्रो स्थानमा छ र रुस (९ प्रतिशत) सहित तेस्रो स्थानमा छ । यस्तै अन्य साझेदारमा इरान, इराक र टर्की समावेश छन् ।

१० हजार करोडभन्दा बढीको द्वीपक्षीय व्यापारः

भारतमा पछिल्लो २० वर्षको दौरान अफगानिस्तानको सबैभन्दा ठूलो सहयोगी रहेको छ । यस्तै, बाँध, स्कूल र सडकको विकासमा भारतले लाखौं रुपैयाँ लगानी गरेको छ । अफगानिस्तानको संसद भवन पनि भारतकै देन हो ।

भारत निर्यातको मामिलामा पनि अफगानिस्तानको (पाकिस्तानपछि) दोस्रो सबैभन्दा ठूलो सहयोगी हो ।

भारत–अफगानिस्तानबीच अघिल्लो वर्ष (२०२०–२१) १.४ बिलियन डलर अर्थात् लगभग १०,३८७ करोड भारुको द्वीपक्षीय व्यापार गरियो जबकी २०१९–२० को आर्थिक वर्षमा १.५ अर्ब डलर अर्थात् लगभग ११,१३१ करोड भारुको व्यापार भएको थियो ।

सन् २०२०–२१ भारतले लगभग ६,१२९ करोड भारुको निर्यात गरेको थियो र लगभग ३७८३ करोड भारुको उत्पाद आयात गरेको थियो ।

यस्तै आर्थिक वर्ष सन् २०१९–२० मा भारतले अफगानिस्तानसँग ७४१० करोड भारुको निर्यात गरिएको थियो र ३९३६.८७ करोड भारुको आयात गरियो ।

सन् २००१ मा तालिबान सरकारको पतनपछि अफगानिस्तान अन्तरराष्ट्रिय व्यापारका लागि खुल्ला भयो ।

त्यसपछि पछिल्लो २० वर्षमा अफगानिस्तानको अर्थव्यवस्था मूल रुपमा अन्तरराष्ट्रिय सहयातामा नै निर्भर रह्यो र भारत उसको एउटा ठूलो साझेदार देश बन्यो ।

त्यहाँ थुप्रै परियोजनामा लगानी सहित दुई देशबीच व्यापारिक साझेदारी पनि ठूलो परिमाणमा भयो ।

सन् २०१५–१६ र सन् २०१९–२० बीच अफगानिसतामा भारतद्वारा निर्यातमा ८९ प्रतिशतको वृद्धि देखिँदा यसै अवधिमा भारतमा आयात ७२ प्रतिशत बढ्यो ।

अफगानिस्तानसँग के खरिद गर्न भारत ?

संसारभरी आयातित ड्राइ फ्रुट, ओखर र बदामको ८० प्रतिशत हिस्सा यूरोप र एशियामा जान्छ । सन् २००६ देखि २०१६ का बीच ड्राय फ्रुट, ओखर, बदामका अन्तरराष्ट्रिय आयात दोब्बर भयो ।

एशियामा यसको सबैभन्दा ठूलो आयातकर्ता चीन, भारत र भियतनाम हो जहाँ पछिल्लो डेढ दशकका बेला आर्थिक विकासमा तीब्रता देखिएको छ ।

यद्यपि, अफगानिस्तान ड्राइ फ्रुटको दुनियाँबाट सबैभन्दा ठूला निर्यातक देशमा आउँदैन । तर अफगानिस्तानको ड्राइ फ्रुटको सबैभन्दा ठूलो आयातकर्ता देशमा भारत हो ।

एफआईईओका महानिर्देशक अजय सहाय भन्छन्, ‘हामी अफगानिस्तानबाट जुन उत्पादन आयात गर्छौं त्यसको आधाभन्दा बढी हिस्सा ड्राइ फ्रुटको हो । थोरै ताजा फलफूल छ । केही मसला छन्, थोरै प्याज पनि खरिद गर्छौं । सीमा बन्द गर्दा यदि कुनै उत्पादनमा असर पर्छ भने त्यो ड्राई फ्रुट हो ।’

अफगानिस्तानबाट खरिद गरिने ड्राइ फ्रुटको सूची लामो छ । त्यहाँबाट भारत बदाम, ओखर, किसमिस, अंजीर, पिस्ता, पाइन नट, खुर्पानी आयात गर्छ ।
ताजा फलफूलमा अनार, स्याउ, चेरी, खरबुजा र थुप्रै जडिबुटी अफगानिस्तानबाट आयात गरिन्छ । यसबाहेक त्यहाँबाट हिंग, जिरा र केसर पनि आयात गरिन्छ ।

अफगानिस्तानको निर्यात रणनीतिमा इन्टरनेशनल ट्रेड सेन्टरको एउटा रिपोर्ट अनुसार दुनियाँमा ड्राई फ्रुटको ठूलो आयतकर्तामध्ये भारत एक हो ।

ड्राई फ्रुट आयात गर्ने मामिलामा अमेरिका, जर्मनी र हङ्गकङपछि भारत चौथो स्थानमा छ । भारतमा आयात गरिने ड्राई फ्रुटको ठूलो मात्रा अफगानिस्तानबाट आउँछ ।

श्रोत:ratopati.com

 

Share14Tweet9SendScan
Previous Post

‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

Next Post

मुर्हरमको अवसरमा पालिकाहरुले दिए विदा

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
मुर्हरमको अवसरमा पालिकाहरुले दिए विदा

मुर्हरमको अवसरमा पालिकाहरुले दिए विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In