वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर– १ चतरामा प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । चतरा फूटबल क्लबको आयोजनामा प्रथम चतरा नकआउट फूटबल प्रतियोगिता हुने भएको हो । असोज १० गते देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा आयोजक चतरा फूटबल क्लब र ग्रीन कल्चर फुटबल क्लव चक्रघट्टिका बिच हुने छ ।
आयोजक चतरा फुटबल क्लबका सचिव दिनेश राईका अनुसार मोरङ, उदयपुर र सुनसरी जिल्लाका गरि ८ वटा टिमले सहभागीता जनाउने छन् । आयोजक चतरा , ग्रिन कल्चर , पञ्चकन्या फुटबल क्लब बेलका,जे.एस. वाई. सी मोरङ्ग, हाटखोला फुटबल क्लव,राजावास फुटवल क्लब,इटहरी फुटबल क्लव,एभरेस्ट फुटवल क्लबले सहभागी हुने भएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ४५ हजार, दोस्रो २० हजार रहेको छ । कोशी पुलमा आयोजक चतरा फूटबल क्लबका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिता बारे जानकारी दिईएको थियो ।
कोरोना कहरले आक्रत बनाएको मानिसहरुलाई मनोरञ्जन प्रधान र अती आवश्यक खेल मैदान निर्माणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चतरा फुटबल क्लबका सचिब राईले बताए । प्रतियोगिताबाट बचेको रकमबाट चतरा स्थित ५ आर. डि. मा खेलमैदान निर्माण हुनेछ ।
साङ्गेतिक कार्यक्रम र महिला फुटबलको मैत्रीपूर्ण खेल समेत हुने प्रतियोगिताको कुल खर्च करिब २ लाख आकडन गरिएको छ । नाईन साइजमा हुने प्रतियोगितामा उत्कृष्ट गोलकिपर, खेलाडी,हाईस्कोरर,डिफेन्डर लगायत बिधाका पुरस्कार प्रदान गरिने अध्यक्ष राजकुमार राईले जानकारी दिए ।
चतरामा युवा मा बढेको लागू औषध दुव्र्यसनलाई घटाउने र राष्ट्रिय स्तर खेलाडी उत्पादन गरि चतराको युवामा पुरानो फूटबल खेल भावना लाई बढाई र स्थानीय स्तर मा आधुनिक खेल मैदान निर्माण गरिने सल्लाहकार रोशन श्रेष्ठले जानकारी दिए । असोज १७ गते सम्म संचालन हुने हुने प्रतियोगितामा स्थानीय वैदेशिक रोजगारीमा तथा ब्यक्ती हरुले सहयोग गरेको सचिव दिनेश राईले बताए ।