हलिउड अभिनेता एलेक बाल्डविनले रस्ट फिल्मको शूटिङका क्रममा झुक्केर सिनेमाटोग्राफर हालीना हचिन्सको हत्या गरेका छन् ।
बिहीवार एउटा सीनको शूटिङ गर्दागर्दै उनले चलाइरहेको बन्दूकबाट अचानक गोली चलेर हचिन्सलाई लागेको थियो । न्यु मेक्सिकोको सान्टा फेमा रहेको बोनान्जा क्रीक र्यान्च सेटमा घटना भएको हो ।
घटनामा निर्देशक जोएल सूजा पनि घाइते भएका छन् । बन्दूक चलाउने व्यक्ति बाल्डविन नै भएको बताइएको छ ।
हचिन्सको मृत्युपछि बाल्डविन शेरिफको कार्यालयमा रोएको सान्टा फे न्यु मेक्सिकन पत्रिकाले खबर दिएको छ ।
बाल्डविन यस फिल्मका सहनिर्माता हुन् । उनले कुख्यात अपराधी रस्टको भूमिका निर्वाह गरेका छन् । रस्टका १३ वर्षीय नातिलाई भवितव्य हत्याको अभियोग लागेको थियो ।
बन्दूकमा असली गोली थियो कि खाली कारतूसमा बारुद भरिएको थियो भन्ने खुलेको छैन ।
हचिन्सका साथीहरू यस खबरबाट स्तब्ध भएका छन् र यसमा प्रतिक्रिया दिन मानिरहेका छैनन् ।
कसैविरुद्ध अभियोग लगाइएको छैन तर प्रहरीले फौजदारी अनुसन्धान शुरू गरिएको जनाएको छ ।
एजेन्सी