राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका सारस्वरमा ईक्रा युथ क्लबद्वारा संचालित फुटबल प्रतियोगिताको उपाधी कुशहाले हात पारेका छ्न्।
हिजो शनिबार भएको फाइनल खेलमा करमनियालाई शुन्यका विरुद्ध एक गोल गर्दै कुशाहाले उपाधी हात पारेको मोहम्मद मुम्ताज आलमले बताए ।
खेलको २५ औं मिनेटमा सो निर्णायक गोल कुशहाका १३ नम्बर जर्सीका कृष्ण चौधरीले हानेका थिए ।
प्रथम उपाधी नगद ३५ हजार एक सय ५५ रुपैयाँ र दोस्रो पुरस्कार नगद २० हजार एक सय ५५ रुपैयाँ रहेको थियो । पुरस्कार प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का संघीय सांसद तेजुलाल चौधरीको हातबाट वितरण भएको गरिएको थियो ।