Tuesday, January 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

नेपालमा हात्तीपाइले रोगको परजीवी मानिसको शरीरबाट स्वाट्टै घट्यो यसरी !

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २२, २०७७
in स्वास्थ्य
नेपालमा हात्तीपाइले रोगको परजीवी मानिसको शरीरबाट स्वाट्टै घट्यो यसरी !
115
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं—के तपाईले हात्तीपाइले रोगको औषधि सेवन गर्नुभएको छैन ? प्रत्येक वर्ष हात्तीपाइले रोगको आम औषधि अभियान सञ्चालन थाहा पाएर पनि सेवन गर्नु भएन ?

कि तपाईं पनि अभियानमा पुग्ने अनि औषधि ल्याएर घरमा राख्नेमा त पर्नु भएन ? होसियार यस्तो प्रवृत्ति खतरनाक हुन सक्छ । समस्या भएका विरामीले औषधि नखाँदा सधैँभरिका लागि हामी अपाङ समेत हुन सक्छौं ।

हात्तीपाइले रोगको परजीवी शरीरमा भएनभएको सबैले थाहा पाउन सकिँदैन । अनि शरीरमा हात्तीपाइले रोग संक्रमण भएको छ कि छैन भनेर जाँच्न गाह्रो हुुन्छ ।

त्यसैले अनिवार्य रुपमा अभियानका क्रममा लगातार ६ वर्षसम्म सेवन औषधि गर्नुपर्ने इडिसिडिका किटजन्य शाखाका शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर प्रकाश सिंहले बताए ।

आम अभियानका बेला औषधि सेवन गरेमा शरीरमा भएका परजीवी मर्छ ।   हात्तीपाइले रोगको परजीवी ६ वर्षसम्म बाँच्छ भने केहीकाही व्यक्तिको शरीरमा २० औं वर्षसम्म पनि परजीवी बाँच्ने डा. सिंहको भनाइ छ ।

नेपालका ६३ वटा जिल्ला हात्तीपाइले रोगबाट प्रभावित छन् । यी प्रभावित जिल्ला मध्ये ५० जिल्लामा आमऔषधि सेवा सञ्चालनले सफलता हात परेको उनको भनाइ छ ।

सो रोगबाट प्रभावित १३ जिल्लाहरुमा हात्तीपाइले रोगको अवस्था थाहा पाउनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानिय तह, प्रदेश र केन्द्रमा समेत विभिन्न कार्यक्रमहरु सञ्चालन  गरेको महाशाखाका प्रमुख बासुदेव पाण्डेले बताए ।

हात्तीपाइले रोग निवारणका गर्न अभियान चालिएको १३ मध्ये कञ्चनपुर जिल्लाको सर्वे सफलताउन्मुख रहेको डा. सिंहले बताए ।

बारा, कपिलबस्तु, बर्दिया, दाङ लगायतका १२ जिल्लामा निवारण लागि प्रयास गरिहेको उनको भनाइ छ । नेपालको जनसंख्या मध्ये १३ प्रतिशत मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी देखिएको थियो ।

 हात्तीपाइले रोगका कारण हाइड्रोशिल भएकाहरुको निःशुुल्क सर्जरी हुने

रोग नियन्त्रण महाशाखाले १२ जिल्लाका हात्तीपाइले रोगीको उपचार गर्ने, फोकलपर्सन सामाजिक विकास मन्त्रालयका प्रतिनीधिहरुलाई उपत्यकामा तालिम सञ्चालन गर्ने भएको छ ।

अव प्रदेश स्थानीय तहमा हात्तीपाइले रोगीहरुको अवस्था पहिचान गरेर उपचार, अप्रेशन, क्योर सेन्टर जिल्ला र प्रदेशमा स्थापना गर्ने रोग नियन्त्रण महाशाखाका प्रमुुख डा.पाण्डेले बताए ।

स्थानीय तहका स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघर, टोलटोलमा परिचालन गरेर  हात्तीपाइले रोगको अवस्था के छ, हात्तीपाइले रोगका समस्या भोगेका कति छन्, रोगीमध्ये पनि हाइड्रोसिल भएका कत्ति छन्, खुट्टा सुनिएका, खुट्टा सुनिएर घाउ भएका, खट्टुा खुुम्चाउनै नसक्ने, खुुट्टा सुनिने, खुुट्टा चलाउन नसकेर अरुले हेरविचार गर्नुपर्ने अवस्थाका कति छन् भन्ने बारेमा यकिन गरिने डा. सिंहले बताए ।

हात्तीपाइले रोग तह १ देखि ७ औं तहसम्मको  हुने भएकाले त्यसको पहिचान समेत गरिने उनको भनाइ छ ।

रोगीको पहिचानको आधारमा हाइड्रोशिल भएकालाई निशुल्क सर्जरी गर्न व्यवस्था सरकारले मिलाएको उनले बताए । हात्तीपाइले भएका बिरामीमध्ये हेरविचार गर्नुपर्नेलाई हेरचाह केन्द्र निर्माण गर्न गर्नका लागि बजेट विनियोजन गरेको उनले सुनाए ।

हात्तीपाइले रोगको परजीवी १ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य

करिब १० वर्षअघि कुल जनसंख्याको १३ प्रतिशतको शरीरमा यस रोगको परजीवी थियो । हाल घटेर १ दशमलब  १.४७  प्रतिशतमा घटेको डा. सिंहले बताए । अव परजीवीको दर १ प्रतिशतभन्दा कम बनाउने लक्ष्यका साथ स्थानीय, प्रादेशिक तहमा कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

यस हात्तीपाइले रोगीको अवस्था पहिचानका लागि सुरु गरिएको अध्ययनका कार्यक्रम १७ जिल्लामा सञ्चालन गरिए पनि कोरोना महमारी कारण रोकियो । अहिले १८ जिल्लामा कार्यक्रम सञ्चालन गरिन्छ ।

कोरोना महामारीकाल भएकाले सावधानी अपनाएर अगाडि बढ्ने योजना रहेको सुनाए । पूर्ण रुपमा सबैले हात्तीपाइले रोगको औषधि सेवन गरेका छैनन् । वर्तमान समयमा नयाँ रोग कसैमा देखिएको छ कि छैन् वा परजीवी सरेको छ कि छैन् भनेर अध्ययन भइरहेको उनले  बताए ।

स्वास्थ्य अधिकारीबाट स्थानीय तहसम्मका स्वास्थ्यकर्मीलाई घाउको सेवा गर्ने, हात्तीपाइले भएको पहिचान गर्ने, रोगको निवारणको लागि आम औषधि सेवन, उपचार विधि सिकाउने समेत डा. सिंहले बताए । औषधि सेवनबारेका भ्रमलाई हटाउनका लागि गाउँगाउँ जनचेतनामुकलक कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताए ।

यस्तै आम औषधि सेवा फागुन २९ गते संचालन हुुने समेत उनले जानकारी दिए । २५ जिल्लामा गरिएको एक अध्ययनले करिब १६ हजार मानिसमा हात्तिपाइले रोगबाट प्रभावित भएको पाइएको छ ।

हात्तीपाइलेका १६ हजार बिरामीमध्ये हाइड्रोशिल, खुट्टा सुनिने, खुट्टा सुन्निएर घाउँ हुने, खुुट्टा नचलेर अरुले हेरचाह गर्न पर्ने व्यक्तिहरु समेत पर्ने उनले सुनाए ।

हात्तीपाइले रोग कसरी सर्छ ? यसरी थाहा पाउन सकिन्छ

हात्तीपाइले रोग सर्ने भनेको लामखुट्टेबाट हो । कसैको शरीरमा हात्तीपाइले रोगका किटाणु छ कि छैन भन्ने थाहा हुँदैन ।

हात्तीपाइलेका परजीवी भएकाहरुको शरीरमा रगत चुसेको लामखुुट्टेले स्वस्थ मानिसलाई टोक्दा उक्त किटाणु सार्ने सम्भावना बढी हुन्छ । जुकाको कारणले हात्तीपाइले रोग सर्ने हो । तर हात्तीपाइले रोग सार्ने मुख्य माध्यम भनेको लामखुट्टेबाट हो ।

लामखुट्टेले टोक्दा परजीवी शरीरमा सरेमा कतिपय व्यक्तिलाई लक्षण देखिँदैन । शरीरमा हात्तीपाइलेको परजीवी मसिनो जुका प्रवेश ग¥यो भने रगतको माध्यमले लिम्फ नलीमा गएर बस्छ । त्यसपछि त्यो परजिवी वयस्कमा  परिणत हुनका लागि १ वर्ष लाग्छ ।

परजीवी वृद्धि विकास भएपछि बल्ल त्यस रोगको असर देखिन सुरु हुन्छ । लिम्फ नलीमा जति समयसम्ममा परजीवी बस्छ, त्यति नै लिम्फ नली नस्ट हुँदै जान्छ । यसरी परजीवी शरीर प्रवेश गर्दा थाहा नहुन पनि सक्छ ।

कसैमा हात्तीपाइले रोगको परजीवी शरीरमा प्रवेश गर्यो भने हात, खुट्टाका नलीमा इनफ्लेमेसन गराउँदा रातो हुने, दुख्ने, ज्वरो आउने, हात खुट्टा छाम्दा तातो हुने जस्ता लक्षणहरु देखापर्ने हुन्छ ।

यो अवस्थामा  उपचार गराएर औषधि सेवन गरेमा निको हुन्छ । यस्ता प्रभावित व्यक्तिको निकट रहेका व्यक्तिलाई पनि परजीविको संक्रमण सर्ने खतरा बढी हुने भएकोले तिनलाई पनि  औषधि सेवन गराइन्छ ।

शरीरमा प्रवेश गरेको परजीवीको उपचार भएन भने परजीवी हुर्केर वयस्कमा परिणत हुन्छ । ती वयस्क परिजीवी पनि भालेपोथी दुवै हुन सक्ने भएकोले तिनले थुप्रै बच्चा उत्पादन गरेर लिम्फ नलीलाई घेर्न थाल्छ ।

शरीरमा विशेष गरेर परजीवी राती १० बजेदेखि बिहानको २ बजेका समयकालमा रगतमा बढी सक्रिय हुने गर्छ । यो रगतको माध्यमबाट फोक्सोमा पुगेको छ भने रातीराती खोकी लाग्ने गर्छ ।

शरीरमा हात्तीपाइले रोगको परजीवी भएमा  रातीको समयमा सक्रिय हुँदा लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले अर्को व्यक्तिलाई टोकेको खण्डमा सार्छ । कुनै व्यक्तिको शरीरमा परजीवी छ कि छैन भनेर पत्ता लगाउनका लागि राति १० बजे देखि २ बजे बीचको समयमा रगतको नमुना लिएर जाँचुपर्छ ।

त्यसैले शरीरमा हात्तीपाइले संक्रमण छ कि छैन भनेर जाँच्न त्यति सजिलो नभएकोले आम रुपमा औषधी खुवाइने गरिन्छ जसले गर्दा कसैको शरीरमा परजीवीको संक्रमण छ भने त्यो नष्ट भएर जान्छ ।

हात्तीपाइलेको औषधि लगातार ६ वर्षसम्म अभियानको बेला नछुटाइ खानुपर्छ । यस जुकाको बाँच्ने समय भनेको ६ वर्ष हो । तर, केही व्यक्तिको शरीरमा २० औं वर्षसम्म पनि परजिवी बस्न सक्छ ।

मुटु मृगौलाको रोगका कारण दुवैतिरका खुट्टा सुन्निने गर्छ भने हात्तीपाइलेको समस्यामा प्रायजसो एउटा खुट्टा मात्रै सुन्निन्छ । बेलैमा उपचार भएन भने पछि गएर खुट्टा मोटो हुने वा हात्तीको पाइला जस्तो हुने, घाउखटिराहरु देखापर्ने हुन्छ ।

यो अवस्थामा पुगेका भएका व्यक्तिहरुको रोगको किटाणु मारेर खुट्टालाई पहिलैको अवस्थामा ल्याउन सकिदैन । नली भित्र जुकाको आकार बढ्दै गएपछि बन्द हुन्छ । त्यसपछि रक्त सञ्चार खुट्टाबाट माथि आउन पाउदैन । विस्तारै खुट्टा सुनिदैं जान्छ ।

त्यसपछि  केहीलाई हाइड्रोशिल देखापर्न सक्छ । शरीरमा चोटपटक, विभिन्न सर्जरी नगरिकन हाइड्रोशिल समस्या देखिन्छ भने हात्तीपाइले रोग हो भनेर शंका गर्न तथा उपचार गर्नु जरुरी छ ।

Tags: औषधिहात्तीपाइले रोग
Share46Tweet29SendScan
Previous Post

किन, किन!

Next Post

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस सुरु

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, माघ ७, २०८२
Tue, January 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In