काठमाडौँ । ‘इस‘ बोलको गीत हिन्दी भर्सनमा आउने भएको छ । गीतका गायक, सङ्गीतकार तथा गीतकार सम्राट चौलागाईले आफ्नो गीत हिन्दी भाषामा आउन लागेको बताएका छन् ।
उक्त गीतमा सम्राटकै स्वर रहनेछ भने महिला आवाज कसको राख्ने टुङ्गो लागेको छैन । ‘इस’ गीत सम्राटसंगै रचना रिमालले गाएकी थिइन् ।
गीतको भिडियोमा अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरुले अभिनय गरेका थिए ।