Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

एलीट वर्ग जम्ने ठमेलको ‘एलओडी’ आजदेखि दोस्रो वर्षमा, सुगमले नचाउने र सन्दीपले हसाउने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २८, २०७७
in मनाेरञ्जन
एलीट वर्ग जम्ने ठमेलको ‘एलओडी’ आजदेखि दोस्रो वर्षमा, सुगमले नचाउने र सन्दीपले हसाउने
43
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा हिजो आज मानिसको चहलपहल बढन थालेको छ। सधै रुमानी हुने ठमेल कोरोना कहरसँगै सुनसान बनेको थियो। मङ्सिर दोस्रो सातादेखि ठमेलका व्यापारीहरुले स्वतः स्फुर्त आफैं व्यवसाय सञ्चालन गर्न थालेका थिए। साँझदेखि मानिसको चहलपहल बढन थालिसकेको छ। रात्रीकालीन व्यवसायमा सबैभन्दा बढी ग्राहक क्लब र डान्स बार देखिन्छन्।

छोटो समयमा ख्याति कमाउन सफल एल ओडी (लड अफ द ड्रिङ्स) क्लब स्थापना भएको दुई वर्ष पुगेको छ। आज दोस्रो वार्षिकोत्सव मनाउँदैछ। कोभिड महामारीको बीचमा बिस्तारै रात्रीकालीन व्यवसायले गति लिन थालेको छ। नेपालमा कोभिड विरुद्धको खोप सुरु भएपछि मानिस रम्न थालेका छन्।

काठमाडौंका ‘एलिट’ वर्ग जम्ने भव्य क्लब तथा लाउञ्जको रुपमा परिचित एल ओडी अहिले सबै वर्गको रोजाइमा पर्दै गएको छ। मुलुकमा कोरोना महामारी सुरु भएसँगै चैत ११ देखि लकडाउन भएपछि रात्रीकालीन व्यवसायमा असर गरेको भन्दै गत मङ्सिर १७ गतेदेखि पुनः एल ओडी सञ्चालनमा आएको थियो।

एलओडी सञ्चालन भएको दुई वर्ष पुगेको अवसरमा र कोरोना महामारीले थलिएको व्यापार बिस्तारै उठाउन सकिन्छ भन्ने उद्देश्यले वार्षिकोत्सव मनाउन लागिएको एल ओडी क्लबका निर्देशक रविन श्रेष्ठ बताउँछन्। उनका अनुसार त्यस दिन नेपालका चर्चित कलाकार सुगम पोख्रेल  र हास्य कलाकार सन्दीप क्षेत्रीले प्रस्तुती दिनेछन्।

एलओडीलमा  नाच्न मात्र आउने होइन बेला-बेलामा हाँस्नुपर्छ भनेर विभिन्न विधाका कलाकारलाई बोलाउन लागिएको उनले बताए। श्रेष्ठ भन्छन,’ सन्दिपले यस पटक नाच्न आउनेलाई हसाउने छन्। हाँस्दै नाचेर दर्शकहरु रमाउने छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा महामारीको बाबजुदमा पनि व्यवसाय अगाडि बढाइरहेका छौ।’

वार्षिकोत्सवमा अन्य प्रस्तुती पनि रहेको उनले जानकारी दिए। नेपाली ब्यान्ड र फायर डान्स पनि हुन्छ। स्थापना भएदेखि देशी तथा विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन्। भारतीय कलाकार नेहा कक्कर र नेपालका चर्चित ब्यान्ड आफ्नो प्रस्तुती दिइसकेको उनले बताए।

एलओडीमा भारतीय,टर्की,जर्मनी र इटालीका कलाकारले प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेका छन्। यस वर्ष महामारीमा धेरै मानिसहरुले तनाव झेल्नुपर्ने परेकोले पनि मनोरञ्जन दिने उदेश्यले दोस्रो वार्षिकोत्सव भव्यताका साथ मनाउन लागिएको उनले बताए।

‘हामीले कल्ब स्थापना गरेर नेपाली संगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौ,’ उनले भने,’  यो स्थान कलाकारहरुको लागि केही गर्छु भन्ने मानिसको लागि एउटा प्लेटफर्म बनेको छ। यहाँ धेरै संगीतिक समूहले अवसर पाएका छन्।’

सुरुवातमा क्लब स्थापना गर्दै गर्दाको समयमा धेरै मानिसले यस्तो ठाउँमा ठूलो लगानी गरेर खोल्दा लगानी खेर जाने सक्ने प्रतिक्रिया दिने गरेको उनी सम्झन्छन्। अहिले आएर नेपालको सबैभन्दा राम्रो क्लब खोल्न सकेको र छोटो समयमा ख्याति कमाउन सकेको उनी सुनाउँछन्। कोभिड महामारी हुदैन थियो भने यसले अझ बढी ख्याति कमाउनेमा उनको विश्वास छ।

क्लबमा १ सय ५० भन्दा बढी कर्मचारी छन्। शुक्रबार र शनिबार मनोरञ्जनका लागि बढी मानिसको जमघट बढने उनको भनाई छ। एलओडीले लकडाउनको समयमा आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नु परेको थियो। सबैतिर यसको प्रभाव परेकाले आफै चित्त बुझाउने ठाउँ रहेको उनको भनाई छ।

लकडाउन पछि क्लब खोलेको २ महिना भन्दा बढी भइसकेको छ। क्लबमा भएको आर्थिक कारोबारले निराशा नबनाएको उनले बताए। ठूलो लगानीमा खुलेकोले यस क्षेत्रमा महामारीले व्यापक असर गरेको छ। सबै क्षेत्र थलिएकाले बिस्तारै सञ्चालन हुँदै गएको व्यवसायले सन्तुष्ट भएको उनी सुनाउँछन्। एलओडीमा बढी युवायुवतीहरू र पारिवारीक मानिसहरु पनि आउने गर्छन्।

‘नेपालमा कोरोनाको खोप आएपनि यसको जोखिम उत्तिकै रहेको छ,’ उनी भन्छन। क्लब भित्र जनस्वास्थ्यको सम्पूर्ण मापदण्ड पालना गर्न गरिएको उनले बताए। सबै कर्मचारीले फेस सिल, स्यानिटाइज गर्ने र मास्क लगाउने गरेका छन्।

सरकारले स्वतन्त्र रुपमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्नलाई वातावरण बनाइदिनुपर्ने उनको माग छ। मानिसहरु बढी आइरहेको समयमा बन्द गरिहाल्नुपर्ने बाध्यता छ। ‘अहिले १२ बजे सम्म खोल्ने गरिएको छ,’ श्रेष्ठले भने,’ सञ्चालन गर्नको लागि थप समय बढाइनुपर्छ। समयको सिमा तोकिनु हुदैन। समयको सीमाले रात्रीकालीन व्यवसायलाई असर पर्दै गएको छ।

Tags: ठमेलका व्यापारीहरुलेसन्दीपले हसाउनेसुगमले नचाउने
Share17Tweet11SendScan
Previous Post

म्यानमारमा प्रदर्शन जारी, सुकीको कार्यालयमा छापा

Next Post

इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह

इनरुवामा प्रहरी प्रादेशिक अस्पताल नगुमाउन मेयरको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In