काठमाडौं । २५ वर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाइको रुपमा काम गर्दै आएका राजु अब निर्माता बन्ने भएका छन्। उनले प्रेम दिवसको अवसर पारेर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्र ‘प्रेमगन्ज’को घोषणा गरेका छन्। चलचित्र प्रेमकथामा आधारित हुने बताइएको छ।
राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति भारतमा छन्। उनले सगुनदेखि ए मेरो हजुर ३ सम्म आउँदा लगभग ३०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।
परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी छ। चलचित्र ‘चलचित्र’को ब्यानरमा निर्माण हुन लागेको हो।