Saturday, May 24, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

झोलुङ्गे – संसार तिवारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ११, २०७७
in साहित्य
झोलुङ्गे – संसार तिवारी
39
SHARES
Share on FacebookShare on Twitter

गीत सुन्दै खाटमा पल्टिरहेको थिएँ । एक्कासी गीत रोकियो र फोनको घन्टी बज्यो । हेरेँ, पासारहेछ । उठाएँ ।

‘हेलो गुरु ! के गर्दै हो ? यता आउनु नि !’

‘ओके, म आधा घन्टामा आउँछु, अनि जाम्ला हैत !’

‘ढिला नगर्नुहोला है, आजकल छिट्टै रात पर्छ फेरि !’

‘हुन्छ ।’

मैले फोन काटेँ । ५ः३० बजिसकेछ । नियमित जसो त यतिबेला हामी हिँडिसकेका हुन्थ्यौँ । आज अलि थाकेर हुनुपर्छ, थाहा पाएनछु मैले ! त्यसैले त पासाले फोन गरेछ । पासा, यानिकी सोनम लामा, मेरो साथी । अझ भनौँ यस ठाउँमा मेरो एकमात्र मिल्ने साथी ।

म मायाले उसलाई पासा भनेर बोलाउथेँ अनि ऊ चाहिँ मलाई ‘गुरु‘ या यदाकदा ‘दोस्त‘ भनेर पनि बोलाउँथ्यो । हामी दुवै एकै विद्यालयका मास्टरहरू। पासाको घर ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका । उसले इन्टरसम्म इलामकै स्कुल पढ्यो र त्यसपश्चात उच्चशिक्षाका लागि काठमाडौँ आएर अङ्ग्रेजी विषयमा मास्टर्स सम्मको अध्ययन गर्यो ।

ऊसँग मेरो भेट यहीँ स्कुलमै भएको हो । नत्र त ऊ कहाँ पूर्वको मान्छे, कहाँ म पश्चिम पोखराको । यस्सै चिनाजान कसरी हुनु ? उसको र मेरो उमेर भने उस्तैउस्तै नै थियो । त्यसैकारण पनि हामी दुईको विचार मिलेको हुनुपर्छ ।

चार पाँच महिना नै भैसकेको थियो, पासा र म यसरी दिनहुँ साँझपख खोला धाउन थालेको । वैसाख, जेठमा गर्मी छल्न भनी हामी खोलातिर नियमित धाउने गथ्र्यौं ।

तर त्यो दैनिकी मङ्सिर र पुसको जाडोसम्म पनि जारी थियो । एक हिसाबले त त्यो हाम्रा लागि दिनभरको तनाव बिसाउने मेलो बनिसकेको थियो । बजारका चियापसलमा बूढाखाडा मास्टरहरूका वाहियात राजनैतिक गफ सुन्नुभन्दा खोलाको यात्रा गर्नु शरीर र दिमाग दबैका निम्ति निश्चय पनि लाभदायक नै थियो ।

त्यसमा पनि हामी त्यहाँ गएर अक्सर जीवन, साहित्य, दर्शनबारे विचारबिमर्श गर्नुका साथै दिउँसोका सारा दिक्दारीबाट फ्रेस हुनका निम्ति ध्यान गर्ने गथ्र्यौं । त्यसकारण हामी सकेसम्म हाम्रो उक्त दिनचर्या छुटाउँदैनथ्यौँ । यसमा मभन्दा बढी पासा हौसिन्थ्यो ।

मैले छिटोछिटो कपडा फेरेँ अनि एक हातमा बाइकको साँचो र अर्को हातमा हेल्मेट बोकेर कोठा बाहिर निस्किएँ । मेरो कोठाबाट पासाको कोठा पुग्न बाइकमा पाँच मिनेट लाग्दो हो । मैले हतारहतार बाइक स्टार्ट गरेँ र हुइँकिएर पासाकोमा पुगेँ । ऊ घरबाहिरै मलाई कुरिरहेको रहेछ ।

उसकी घरबेटी दिदी पनि बाहिर रहिछिन् । उनले मलाई पुलुक्क नजर लगाइन् । मैले केही नबोली फिस्स हाँसेर अभिवादन गरेँ र सधैझैँ बाइकलाई त्यहीँ छेउमा साइड लगाएँ । त्यसपछि दुईदाजुभाइ लखरलखर तलतिर लाग्यौँ ।

हामी पुग्नु पर्ने गन्तव्य खोलापारिको किनार थियो । त्यसका लागी एउटा झोलुङ्गे पुल तरेर दश मिनेटको ओरालो तर्नु पथ्र्यो । खोलाछेउ विशाल चट्टानहरूको माझमा चार पाँचजना अट्ने फराकिलो ठाउँ थियो । यदाकदा माथिल्लो गाउँका मानिसहरू आइ त्यही बगरमा लास जलाउने पनि गर्थे । त्यसैले हिच्किचाएर वा डराएर हुनुपर्छ, त्यस ठाउँमा अरू कोही मानिस नै हुँदैनथे । यी सबै हिसाबले हाम्रा लागि त्यस ठाउँ जुरेकै थियो ।

अलिक ओरालो झरिसकेपछि झोलुङ्गे पुल आइपुग्यो । पुलको बीचमा एक हुल केटाहरू झुम्मिएर बसिरहेका थिए । उनिहरू हाम्रै स्कुलका विद्यार्थीजस्ता देखिन्थे ।

‘गुरु, भैगो आज फर्किम् । अबेर पनि भैसक्यो, एकछिनमा रात परिहाल्छ । धेरैबेर बस्न पनि पाइँदैन्, फर्किम भो ।’ एक्कासी पासाले फर्किने कुरो ग¥यो ।

पासाको अकस्मातको ‘युटर्न’ ले म अचम्मित परेँ । तर पनि उसको कुरालाई महत्व दिन खासै जरुरी ठानिनँ ।

‘ठिकै छ, छिट्टै फर्किम्ला नि त !’

म खुरुखुरु अगाडी लागेँ । पासा लुरुलुरु पछ्याइरह्यो ।

पुलको बिचमा बसिरहेका विद्यार्थीहरू हामीलाई देख्नासाथ मुस्कुराउँदै अभिवादन गर्न थाले । केहीले हातको चुरोट लुकाए , एकजनाले हात मुठ्ठी कसेर हातपछाडि लुकायो । मैले कुरा बुझिसकेको थिएँ, तर थाहा नपाएजस्तो गरी अभिवादन फर्काउँदै अघी बढेँ । हामी कट्नासाथ केटाहरूको हाँसो गुन्जियो ।

पुल कटेर बगरतिर ओरालो लागेपछि पासा फेरि बोल्यो ।

‘गुरु यार, अब हामी यसरी यहाँ आइरहनु ठीक छैन ।’

म टक्क रोकिएँ, अनि उतिर हेर्दै सोधेँ, ‘लौ, किन ?’

पासा नरोकीइ अगाडी बढ्दै बिस्तारै कुरा खोल्न थाल्यो , ‘गुरु, आजकल के भैरहेको छ, म आफैँलाई थाहा छैन यार ।’

म केहि नबोली उसैले उसैको प्रतिक्रिया कुरिरहेँ ।

पासाले आफ्ना सबै कुरा बेली बिस्तार लगायो ।

दिउँसो उसले कक्षामा एउटा विद्याथी कुटेछ । मैले तुरुन्तै अनुमान लगाएँ, शायद त्यसैकारण अघि झोलुङ्गेको झुन्ड देखेर पनि उ सशंकित भएको हुनुपर्छ । पासाका कुराहरू सुन्दै गर्दा उसलाई आफ्नो कार्यप्रति ग्लानी भैरहेको प्रस्टसँग बुझ्न सकिन्थ्यो । मलाई उप्रति दयाभाव जागेर आयो, तर पनि केहि भन्न भने सकिनँ ।

एकैछिनमा हाम्रो प्रियस्थल आइपुग्यो । घाम ढल्दै गरेको मधुरो प्रकाशका बिच नदीका छालहरूछेउको चट्टानमा जोडले ठोक्किँदै थिए । म चट्टानमाथि ढेरतल सतहमा ठोक्किरहेका घामका किरणहरू हेर्न थालेँ ।

पासा भने माथि नउक्लिई सोझै किनारतिरै लाग्यो । मैले अनौठो मानेर उतिर हेरिरहेँ । उसले चप्पलसहित आफ्ना खुट्टा पानीमा गाडिरह्यो र अस्ताउँदै गरेको घामतिर एकनास हेर्दै जोडजोडले चिच्यायो ।

नदीका छालसँगै मिसिँदै उसको चिच्याहट मेरा कानमा बज्रसरि गुन्जिए । अचानक मभित्र अनेकौँ भावहरू जागृत भएर आए । पासाको चिच्याहटले, मेरो शरीरमा काँडा उम्रिए, म उद्देलित भएँ । उसको आक्रोश देख्दै गर्दा मैले त्यहाँ उभन्दा बढी आफुलाई महशुस गरेँ ।

नदीकिनारमा उभिइरहेको उक्त आकृतिमा मैले मेरै आफ्नो छाया देखेँ । उसका क्रन्दनमा आफ्ना कुन्ठाहरू पाएँ । मैले पर क्षितिजमा दुब्दै गरेको सूर्यमा आफ्नै जवानी डुबिरहेको देखेँ, तल चट्टानमा ठोक्किरहेका छालहरूमा मेरै छालहरू बेहाल भएको पाएँ ।

मैले पारि बजारमा टल्किरहेका बत्तीका प्रकाशलाई मलाई गिज्याँउदै गरिरहेका आफ्नै सपनाहरुझैँ देखेँ । अनि धमिलो पानीमाथि छचल्किँदै गरेको मधुरो प्रकाश मलाई आफ्नै अध्ँयारो भविष्यजस्तो लाग्न थाल्यो ।

त्यस साँझ मैले पासाको कथामा मेरो आफ्नै कथार्सिस भेटेँ ।

केहि बेरपछि पासा हात, मुख धोएर माथि उक्लियो अनि चुपचाप ध्यानमा बस्यो । वास्तवमा हाम्रो मुख्य चर्या नै ध्यान हुने गर्दथ्यो, तर त्यस दिन मेरो मन कसैगरी स्थिर हुन सकेन । सायद पासाले आफ्नो मनको शान्ति भेट्यो होला, तर मैले मेरो भेट्न सकिनँ । मेरा मनका छालहरू नदीका छालहरूझैँ धाराप्रवाह ठोक्किई नै रहे । मेरो आफ्नो अतीत कुनै सिनेमाका दृश्यहरू जसरि मेरा अगाडि प्रस्टसँग देखापरे ।

एकपछि अर्को गर्दै मैले आफ्नो विगतको पढाई सम्झिएँ, आफ्नो पहिलेको जागिर सम्झिएँ, मलाई सम्झिरहने तर मैले नसम्झिने आफ्नो परिवार सम्झिएँ, मेरा बाआमाको मुहार सम्झिएँ, उहाँहरूको इच्छाविपरित अनाहकमा राजधानी छाडि गाउँ जानेबारे लिएको आफ्नो निर्णय सम्झिएँ ।

मैले दुई वर्ष अघि उक्त स्कुल आइपुग्दाको आफुभित्रको उत्साह सम्झिएँ, अनि बिस्तारै बढेको विरक्ति सम्झिएँ । त्यस ठाउँको गरिबी र त्यसैमाथि टेकेर उभिएको बजारे राजनिती सम्झिएँ, बिद्यार्थीको कन्तबिजोगका बिच शैक्षिक दलालहरूको घिनलाग्दो व्यापार सम्झिएँ । मैले वर्षौंदेखि सुतिरहेको त्यस समाजका हरेक पात्रहरुलाई सम्झिएँ ।

यी सबै अनुहारहरू नियाल्दै गर्दा मैले आफ्नै अनुहार पनि देखेँ, आफ्नो लाचारीपन देखेँ, आफ्नै खोक्रो स्वाभिमान अनि लुकिरहेको पाखण्ड देखेँ ।
त्यस रात अध्याँरोमा मैले पहिले कहिलै नदेखेको जिन्दगीको दियो देखेँ ।

करीब एक घन्टापछि हामी त्यस ठाउँबाट उठ्यौँ । निस्पट्ट अँध्यारोमा बगरैबगर मोबाइलको लाइट बालेर दुईभाइ चुपचाप हिँडिरह्यौँ । सायद बोल्न पर्ने वा बोल्न बाँकी पनि केही थिएन । हाम्रा लागि नदी आफैँ एकैनास सुसाइरह्यो ।

झोलुङ्गे पुल पुग्दा रात निकै परिसकेको थियो । चिसो बढेको थियो, अघिका विद्यार्थीहरू पनि सबै गैसकेका थिए । मैले आफ्नो मोबाइलको लाइट बन्द गरेँ र पुलमाथिबाट हाम्रो प्रियस्थलतिर नियालेँ । पासा अगाडि पुगिसकेको रहेछ, मैले आवाज दिएपछि ऊ रोकियो ।

मैले ऊ नजिकै पुगेँर भनेँ, ‘पासा, धेरै भयो, अब यसरी झोलुङ्गे भएर नबस्ने यार ! मैले सोचिसकेँ, अर्को हप्तानै म निस्कन्छु ।’

पासाले म तर्फ एकछिन हेरिरह्यो तर केही बोलेन । एक्कासी मलाई जोड्ले अङ्कमाल गर्दै भन्यो, ‘अल विदा दोस्त !’

पासा फरक्क फर्कियो र अघि बढ्यो । म पनि उसको पछाडि पछाडि उकालो चढ्न थालेँ ।

श्रोत : नेपाली साहित्य घर

Tags: झुम्मिएर बसिरहेझोलुङ्गे
Share16Tweet10SendScan
Previous Post

अभिनेत्री रेखा थापालाई कलाकार भट्टको प्रश्न-तपाईले ल्याएका राउटेहरु अहिले कहाँ छन् ?

Next Post

जन्मकैद भोगिरहेका लागूऔषध तस्कर अल चापोकी पत्नी पनि समातिइन्‌

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
जन्मकैद भोगिरहेका लागूऔषध तस्कर अल चापोकी पत्नी पनि समातिइन्‌

जन्मकैद भोगिरहेका लागूऔषध तस्कर अल चापोकी पत्नी पनि समातिइन्‌

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In