Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

अमेरिकाले जोन्सनको खोपलाई अनुमति दियो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १६, २०७७
in विश्व, स्वास्थ्य
तस्विर–फाइल

तस्विर–फाइल

45
SHARES
Share on FacebookShare on Twitter

वासिङ्टन। कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ ।

राष्ट्रपति बाइडेनले जारी गर्नुभएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ ।

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित गरेसँगै जोन्सनको खोपले पनि अमेरिकी एफडीएबाट स्वीकृति पाएको छ ।

यस राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने लगायत आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सोझै १४०० डलर राहत दिने कुरा समेटिएको छ ।
यो प्रस्तावलाई अब सिनेटले पारित गर्नुपर्नेछ ।

अमेरिकी प्रशासनले कोभिड विरुद्ध जुध्न यसअघि पनि २२ खर्ब डलरको आर्थिक राहत प्याकेज स्वीकृत गरिसकेको छ । अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म झण्डै पाँच लाख व्यक्तिको ज्यान गइसकेको छ ।

शनिबार पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक हजार ८४९ जनाको ज्यान गएको थियो । यसैबीच, युरोपेली मुलुकहरुमा कडा लकडाउन गरिएका छन् । फ्रान्समा अझ कडा लकडाउन गरिएको छ ।

बेलायतमा यसै महिनाको शुरुमा १०० वर्षीय पूर्व योद्धा टम मूरको कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको छ । उहाँले गतवर्ष कोभिड–१९ का कारण स्वास्थ्य संस्थाका लागि चार करोड ५० लाख अमेरिकी डलर चन्दा संकलन गरेर रेकर्ड बनाउनुभएको थियो ।

श्रोत गोरखापत्र अनलाइन 

 

Tags: अमेरिकाखोपलाई अनुमति दियो
Share18Tweet11SendScan
Previous Post

मानिस बन्धक बनाई फिरौती रकम माग गर्ने पक्राउ

Next Post

गृहमन्त्री थापाले स्वकीय सचिव तामाङलाई पदबाट हटाए

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
गृहमन्त्री थापाले स्वकीय सचिव तामाङलाई पदबाट हटाए

गृहमन्त्री थापाले स्वकीय सचिव तामाङलाई पदबाट हटाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In