Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देशैभर अक्सिजन बाँड्दै प्रदेश १, जसको यसरी व्यवस्थापन गर्दै छ प्रहरी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ४, २०७८
in FEATURE, मुख्यमन्त्री, स्वास्थ्य
देशैभर अक्सिजन बाँड्दै प्रदेश १, जसको यसरी व्यवस्थापन गर्दै छ प्रहरी
85
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । कोरोना संक्रमणको दोस्रो लहर बढेसँग मुलुकभर अक्सिजनको हाहाकार छ । राजधानी काठमाडौंदेखि देशका थुप्रै ठाउँका अस्पतालहरु अहिले अक्सिजनको चरम अभाव खेपिरहेका छन् । समयमै अक्सिजन नपाउँदा कैयौं कोरोना संक्रमितले ज्यान पनि गुमाउनु परेको छ ।

देशैभरको यो मागलाई केही हदसम्म पूरा गर्न प्रदेश नम्बर १ का अक्सिजन प्लान्टहरु लागिपरेका छन् । विशेषगरी यो प्रदेशको सुनसरी र मोरङमा रहेका अक्सिजन प्लान्टहरुले अक्सिजन उत्पादन र सिलिन्डर भर्दै देशभर पुर्याइरहेका हुन् ।

देशैभरबाट आउने मागलाई व्यवस्थापन गर्न र अक्सिजनको दुरुपयोग हुन नदिन यतिबेला प्रहरी प्रशासन पनि उत्तिकै रुपमा खटेका छन् ।

प्रदेशको सुनसरीमा ३ वटा अक्सिजन प्लान्ट छन्, जहाँ अहिले देशैभरिबाट अक्सिजनको माग आउने गरेको छ । त्यसकारण अक्सिजनको ‘मिसयुज’ नहोस् भन्नका लागि र व्यवस्थापनका लागि दिनरात नै खटिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले पर्दाफासलाई बताए ।

‘जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा दुई जनालाई उद्योगसँग समन्वय गर्न खटाएका छौं । जिल्लामा ३००० हजार सिलिन्डर छन् । झापा, धनुषा, सिरहा, सप्तरी, पूर्वका पहाडीमा जिल्लामा डिलरमार्फत आपूर्ति भइरहेको छ । एक हजार भन्दा बढी सिलिन्डर पनि संकलन गरेका छौं,’ उनले भने ।

यस्तै, स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर संखुवासभा, ताप्लेजुङ, पाँचथरमा रहेका हाइड्रोपावरमा रहेका सिलिन्डर अहिले काठमाडौंदेखि स्थानीय अस्पतालमा प्रयोग गर्नका लागि पठाएको उनले जानकारी दिए ।

‘काठमाडौं लगायत स्थानबाट सीडीओ कार्यालय हुँदै अक्सिजन माग हुने गरेको छ । त्यसअनुसार प्रहरीले उद्योगसँग समन्वय गरेर सिलिन्डर भरी विमानस्थल पुर्याउने र उताबाट खाली सिलिन्डर उद्योगसम्म लैजाने भूमिका निर्वाह गर्दै आएको छ,’ एसपी थापाले भने ।

उनका अनुसार जिल्लाका प्लान्टसँग समग्रमा ३००० भन्दा बढी सिलिन्डरमा अक्सिजन भर्न सकिने क्षमता छ । ‘ती अक्सिजन देशैभर नै वितरण गरिरहेका छौं । यदि कुनै स्थानमा आवश्यकता छ भने पनि यहाँ सिलिन्डर ल्याउनु भएमा हामी अक्सिजनका भरेर पठाउन सक्षम छौं भन्ने जानकारी गराउन चाहन्छु,’ उनले भने ।

मोरङमा २ वटा अक्सिजन प्लान्ट चालू अवस्थामा छन् । अर्को एउटा पनि मर्मतसम्भार गरेर चल्ने क्रममा छ । जिल्लाका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले मोरङका अस्पताल, कोभिड अस्पताल तथा आइसोलेसनलगायतमा अक्सिजनको अभाव नभएको पर्दाफासलाई बताए । ‘यस्तै, धनगढी, काठमाडौं, भैरहवा, भक्तपुर लगायत स्थानबाट अभाव भएका कारण हामीलाई अक्सिजनका लागि अनुरोध गर्नुभएको छ । हामीले उद्योगहरुसँग समन्वय गरेर पठाइरहेका छौं,’ उनले भने ।

साथै, प्रहरीले विभिन्न उद्योग तथा व्यवसायमा प्रयोग भएका अक्सिजन सिलिन्डर पनि संकलन पनि गरिरहेको छ । ‘हालसम्म २०० वटा अक्सिजन सिलिन्डर संकलन भएको छ भने उद्योगमा चालू अवस्थामा रहेका सिलिन्डरको पनि अभिलेख राखेका छौं । देशैभरबाट माग भएअनुसार अक्सिजन भरेर पठाउनका लागि उद्योगसँग समन्वय गरेका छौं,’ एसपी खड्काले भने ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले प्रदेशमा अक्सिजन उत्पादन अन्य प्रदेशभन्दा बढी भएकाले त्यसलाई वितरणमा प्रहरीले सहयोग गर्दै आएका बताए । ‘प्रदेश १ मा अक्सिजनको कमी हुन नदिन त्यसको व्यवस्थापन र वितरणमा सहयोग गर्दै आएका छौं, त्यसबाहेक काठमाडौंलगायत देशैभरबाट आएका अक्सिजन माग आउँदै प्रहरीले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ।’ श्राेत: पर्दाफास डट कम्

Tags: जिल्ला प्रहरी कार्यालय सुनसरीजिल्ला समन्वय समिति सुनसरी
Share34Tweet21SendScan
Previous Post

विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट

Next Post

लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
पूर्वी नेपालमा भुकम्पको धक्का महसुस

लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In