शीर्षकः नच्यातीएका तमसुकहरू
कविता : गद्य
बगर छेउ चिहानमा सुँकसुँकाउँदै
अदृश्य आवाज रोई रहेको छ
सुनसान रातको सन्नाटामा
भुने नेपथ्यबाट चियाउँदैछ
कठै आजसम्म भुनेका चिहानमा
दासताका कहरहरू सलबलाउँदै छन्
अन्याय अत्याचारमा पिल्सिएर
पीडा र अपहेलना जागेका छन्
छेउकै आमा रंचतीको चिहानले पनि
पति लुकायाै देखाऊ चिनाऊ भन्दै छ
न्वारानै नभएको मेरो छोरो
कसरी भुने भयो भनी प्रश्न गर्दै छ
एकाएक मध्य रात्रिमा आत्मा कराउँछ
चिन्ता नगर खसम बाजे तिम्रो ऋण
मेरो छोरो कालुले तिर्दछ
थोत्रो तमसुक चिहानमा राखिदेऊ
बाजेका पालाका थोत्रा तमसुकहरू
आज धमाधम खोजिदैछन्
ॠण असुल गर्न साहु बाजेहरू
चिहानै कोतर्न पो पुगेछन्
पुस्ताै पुराना थोत्रा कागजका भरमा
सिधा सोझा अझै बधिया छन्
सामन्त झेलीको झेलमा
अझै सोझा पिल्सिएका छन् लेखक : बिमला पाेखरेेल
जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...