Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

तीजका गीतलाई कस्तो छ दर्शकको साथ ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ५, २०७८
in मनाेरञ्जन
तीजका गीतलाई कस्तो छ दर्शकको साथ ?
43
SHARES
Share on FacebookShare on Twitter

तीज पर्व नजिकिदै छ । त्यो सँगै तीज लक्षित गीत सार्वजनिक हुने क्रम बढ्दो छ । हिजोआज हरेक दिनजसो नयाँ–नयाँ तीज गीत सार्वजनिक भईरहेका छन् । साउनको पहिलो सातासम्म युट्युबमा झण्डै तीन दर्जन तीज गीत सार्वजनिक भएका छन् । यो बर्ष पनि तीज गीतको बाढी नै आउने देखिएको छ । तीज गीतमा लगानी ‘बालुवामा पानी’ हुने अवस्था भएपनि लगानी गर्नेहरुको संख्या भने घटेको छैन । यसवर्ष तीज गीतमा खेम सेञ्चुरी, खुमन अधिकारी, पशुपति शर्माकै वर्चश्व देखिएको छ । त्यस्तै गायिकामा शान्तीश्री परियार, देवी घर्ती, सम्झना भण्डारी लगायतका तीज गीत संख्यात्मक हिसावमा बढी देखिएका छन् ।

सार्वजनिक तीज गीतमध्ये केही सिमितले मात्र युट्युबमा राम्रो भ्यूज पाएका छन् । धेरै गीतलाई भ्यूजकै खडेरी देखिएको छ । भ्यूजको कुरा गर्दा यसवर्ष सार्वजनिक तीज गीतमा प्रीति आलेको ‘सोल्टी राजाको टुम्लेट’ शीर्ष स्थानमा छ । गतवर्ष सार्वजनिक ‘फरिया’को भाग २ का रुपमा सार्वजनिक गरिएको यस गीतले तीन साता नपुग्दै युट्युबमा ४० लाख भ्यूज बटुलेको छ ।

 

यसवर्ष खुमन अधिकारीसँग देवी घर्ती, शान्तीश्री परियार, शिला आले, सम्झना भण्डारी, पूर्णकला बिसी, जुना श्रीस, सरिता कार्की र सुनिता बुढा क्षेत्री गरी ८ गायिकाले स्वर दिएको गीत ‘कुरा काटन’ले राम्रै भ्यूज पाएको छ । १० दिनअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा २४ लाख भ्यूज पाएको छ ।

त्यस्तै बिमलराज क्षेत्री, राधिका हमाल, खुमन अधिकारी, जानुका तामाङ र खेम सेञ्चुरीको स्वर रहेको ‘मरिन्छ कि साइँलो’बोलको गीतलाई युट्युबमा २३ लाख ६१ हजार भन्दा बढी पटक हेरिएको छ ।

कमला घिमिरे र खेम सेञ्चुरीको स्वर रहेको ‘लरी लरीलै २–हान्छु तिम्लाई लौरीले’लाई युट्युबमा २० लाख बढी पटक हेरिएको छ । झण्डै २० दिन अघि सार्वजनिक यस गीत गतवर्ष चलेको गीत ‘लरी लरीलै’को भाग २ का रुपमा सार्वजनिक गरिएको हो । गतवर्ष तीजमा ‘लरी लरीलै’ निकै चलेको थियो । तीलक वली र समीक्षा अधिकारीको स्वरमा सार्वजनिक ‘हङकङको साडीले भाग २–कुर्ता’ले युट्युबमा १५ लाख बढी भ्यूज बटुलेको छ । ‘हङकङको साडीले’ ६ वर्षअघि सार्वजनिक निकै चलेको तीज गीत हो । यसवर्ष १२ दिनअघि सार्वजनिक यसको भाग २ को भ्यूज भने पहिलो भागको तुलनामा निकै कम छ ।

खुमन अधिकारी र शान्तीश्री परियारको स्वरमा सार्वजनिक तीज गीत ‘अब होला केही’ले युट्युबमा १५ लाख ५० हजार बढी भ्यूज बटुलेको छ । यो गीत तीन साताअघि युट्युबमा सार्वजनिक गरिएको थियो ।

पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा ‘हैन र माया’बोलको तीज गीतले युट्युबमा १४ लाख बढी भ्यूज पाएको छ ।

पशुपति शर्मा र सम्झना भण्डारीकै स्वरमा सार्वजनिक गीत ‘मेरो माया बसेको गाउँमा’ गीतले युट्युबमा ३ दिनमा ५ लाख ८० हजार बढी भ्यूज पाएको छ । केही वर्षअघि सार्वजनिक गीतलाई यसवर्ष रि–रेकर्ड गरेर सार्वजनिक गरिएको हो । यो गीत पहिले राम्रो चलेको तीज गीत हो । त्यसको तुलनामा यस गीतले पाएको भ्यूज भने कम हो ।

राजु परियार, शर्मीला गुरुङ, राजकुमार बानियाँ, टीका सानु र लक्ष्मी खड्काको तीज गीत ‘रिस मात्रै तगडा’ले औसत भ्यूज पाएको छ । एक सातामा गीतको भिडियोलाई ७ लाख बढी पटक हेरिएको छ ।

सन्तोष केसीको तीज गीत ‘बुहारी’ले युट्युबमा औसत भ्यूज पाएको छ । सन्तोष केसी, शान्तीश्री परियार र राधिका हमालको स्वर रहेको गीतको भिडियोलाई दुई सातामा १० लाख बढी पटक हेरिएको छ ।

राजु परियार, पूर्णकला बिसी, अमृत सापकोटा, सुनिता बुढाक्षेत्री, कमला घिमिरे, सचिन परियार, रबिना बसेलको स्वर रहेको ‘बाउआमा ३–सजाय’ले युट्युबमा ३ दिनमा १३ लाख ७६ हजार बढी पटक हेरिएको छ । यता, थुप्रै तीज गीतहरुले अपेक्षित भ्यूज पाउन सकेका छैनन् ।

अनिता चलाउने, एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेल गरी पाँच गायिकाले स्वर दिएको तीज गीत ‘जिन्दगी दुई दिनको घाम छायाँ’को भ्यूज निकै कम छ । भिडियोको भ्यूज ४ दिनमा २ लाख पुग्न हम्मेहम्मे देखिन्छ । त्यस्तै खुमन अधिकारी र पूर्णकला बिसीको ‘त्यो पर्दैन’बोलको तीजगीतको भ्यूज निकै कम देखिन्छ । गीतको भिडियोले एक सातामा १ लाख मात्रै भ्यूज पाएको छ । अन्य थुपै तीज गीतहरुमा भ्यूजको खडेरी देखिएको छ ।

तीजका गीतमा लगानीकर्ताले राम्रै रकम खर्च गरेका छन् । तीजमा सार्वजनिक भएका गीत मध्ये एक प्रतिशत गीतले पनि लगानी फिर्ता गर्न नसक्ने अवस्था छ । तर, पनि तीजका गीतमा रहरै रहरमा लगानी हुन भने छाडेको छैन । यो बर्ष सार्वजनिक भैसकेका थोरै गीत मात्र दर्शकको मनमा बसेका छन् । अधिकांश गीत आएको नै दर्शकले थाहा पाउन सकेका छैनन् । तैपनि, तीजका गीतका छायांकन भने दैनिक आधा दर्जनको हाराहारीमा भैरहेको देखिन्छ । श्रोत ः अनलाइन खबर

Tags: तीज गीततीज पर्व नजिकिदैदर्शकको साथ
Share17Tweet11SendScan
Previous Post

महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त

Next Post

पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In