Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ५, २०७८
in स्वास्थ्य
पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ
46
SHARES
Share on FacebookShare on Twitter

कुनैकुरा व्यक्त गर्ने सबैभन्दा छरितो र चोटिलो माध्याम हो, उखान-टुक्का । नेपाली समाजमा यस्ता उखान–टुक्का सदियौंदेखि प्रचलनमा छन् । कुनै कुराको दृष्टान्तसहित भन्नु परेमा हामी उखान–टुक्काको साहारा लिन्छौं । यि उखान-टुक्काले हामीले भन्न खोजेको कुरा दुरुस्तै र चोटिलो रुपमा व्यक्त गर्छ ।

हाम्रा पूर्खाहरुले आफ्नो भोगाई, बुझाई आदिका माध्यामबाट यस्ता उखान–टुक्का रचना गरे । खासगरी यी उखान-टुक्काले सकारात्मक कुराहरुमा जोड दिएको छ । सही खानपान, सही सोच, सही व्यवहार आदिलाई दर्शाउन पनि उखान–टुक्का रचना गरिएको छ ।

खाने बेला घिन नमान्नु, सुत्ने बेला ऋण नसम्झनु

यो उखान मानसिक स्वास्थ्यसँग जोडिएको छ । अक्सर मान्छे खाना खानेबेला अनेक कुरा सोच्छन्, सुत्नेबला पनि । खानापिन र निद्रा मान्छेको लागि अपरिहार्य हो । खाना खाइरहँदा वा सुतिरहँदा निर्धक्क हुनुपर्छ, अनावश्यक कुराहरु मनमा खेलाउनु हुन्न भन्नका लागि यो उखानले संकेत गर्छ ।

आफु भलो त जगतै भलो

यसले व्यक्तिगत प्रवृत्ति र सामाजिक व्यवहारको तालमेलबारे स्पष्ट पार्छ । आफु राम्रो भएमा वा आफ्नो व्यवहार राम्रो भए, अरुबाट असहयोग, असुविधा झेल्नुपर्दैन । परिवार, आफन्त, गाउँ–छिमेक आदिबाट राम्रो व्यवहार पाउनका लागि आफुले पनि सोही अनुसारको व्यवहार गर्नुपर्ने यसले संकेत गर्छ ।

घाँटी हेरी हाड निल्नु

मान्छेले आफ्नो स्थिती र यर्थाथलाई बुझ्नुपर्छ भन्ने सन्देश छ यसमा । व्यवहारिक बन्न प्रेरित गर्छ । मान्छेलाई आफ्नो हैसियत एवं आफ्नो अवस्था बोध गरेर सोही अनुसार अपेक्षा राख्न सुझाएको छ । अक्सर हामी ठूल–ठूला अपेक्षा गर्छौं । यस्ता इच्छा र अपेक्षाहरुले हामीलाई अरु दुःखी बनाउँछ ।

दुध दिने गाईको लात्ती पनि सहनुपर्छ 

यसले खासगरी सहनशिल र क्षमाशिल हुनुपर्छ भन्ने बोध गराउँछ । कुनै कामको प्रतिफलसँगै त्यसमा आउने वाधा–अवरोध पनि झेल्नुपर्छ भन्ने बुझाउँछ यो उखानले । हामी विभिन्न कुराबाट प्रतिफलको आश राख्छौं, लाभको अपेक्षा गर्छौं । तर, त्यसमा आइपर्ने सानोतिनो बाधाहरु छिचोल्न डराउँछौं । यो उखानले कुनैपनि प्राप्ति गर्नुछ भने त्यसमा आइपर्ने चुनौतीसँग पनि जुध्नुपर्छ भन्ने बुझाउँछ ।

जिउँदाको जन्ती मर्दाको मलामी

यो उखानले सामाजिक सद्भाव र परस्पर सहयोगबारे सुझाउँछ । गाउँघर, टोल छिमेक वा समाजमा एकअर्कासँग साथ–सहयोग लिएर–दिएर बाँच्नुपर्छ । छिमेकीको खुसीमा र दुःखमा दुबै असस्थामा सहभागी बन्नुपर्छ । समाजलाई एकढिक्का राख्न र आपसी सम्बन्ध सुमधुर बनाउन यो उखानले प्रेरित गर्छ ।

एक हातले ताली बज्दैन

यो उखान मुलत दाम्पत्य जीवनको तालमेल मिलाउनमा प्रयोग गरिन्छ । साथै कुनैपनि सफलताका लागि एकजुट हुनुपर्ने कुरा सुझाउँछ । एक जनाको वा एक्लो प्रयासबाट केही कुरा संभव हुँदैन । चाहे त्यो पारिवारिक व्यवहार चलाउन होस् वा सामाजिक कार्य गर्न नै, एकअर्काको साथ र सहयोग चाहिन्छ ।

खासगरी श्रीमान र श्रीमतीले पारिवारिक सुखका लागि उत्तिकै सक्रियतासाथ लाग्नुपर्ने बताइन्छ ।

जसले मह काड्छ, उसैले हात चाढ्छ

यसले काम गर्ने, जाँगर चलाउने एवं जागरुक मान्छेलाई प्रेरित गरेको छ । काम गर्ने व्यक्ति नै त्यसको सफलताको हिस्सा हुन्छन् भन्ने कुरा बुझाउँछ । साथसाथै कुनैपनि काम गरेपछि त्यसबाट स्वतः लाभान्वित भइन्छ भन्ने पनि यसले संकेत गर्छ ।

काग कराउँदै गर्छ पिना सुक्दै गर्छ

कुनैपनि काम गर्दा थरीथरी आलोचना, आरोप वा झै–झमेला खेप्नुपर्छ । सार्थक कामहरु गरिरहँदा आउने यस्ता आरोप र आलोचनाप्रति बेवास्ता गरेर अगाडि बढ्नुपर्छ भन्ने यो उखानले दर्शाउँछ । श्रोत ः अनलाइन खबर 

Tags: उखान-टुक्काजिउँदाको जन्ती
Share18Tweet12SendScan
Previous Post

तीजका गीतलाई कस्तो छ दर्शकको साथ ?

Next Post

हरिनगरलाई नगरपालिका बनाउने प्रयास गर्छु : अन्सारी

Related Posts

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न
FEATURE

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

by सुनसरी अनलाइन
अशोज २, २०८०
0

सुनसरी । संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सुनसरीको इनरुवा नगरपालिकामा आज बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको...

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी
FEATURE

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

by सुनसरी अनलाइन
भदौ २८, २०८०
0

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा नयाँ आउनुभएकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीया पंगेनीले अस्पताल भित्र फार्मेसी संचालनमा ल्याउनु आफ्नो पहिलो...

भोक्राहा नरसिंह गाउॅपालिकाको रचनात्मक काम सुरु

स्वास्थ्यमा पहुँच पुर्याउनका लागि निःशुल्क स्वास्थ्य विमा कार्ड वितरण

जेष्ठ १२, २०८०
कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा कामलाई अगाडी बढाउँछु : प्रदेश सांसद मन्सुरी

कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा कामलाई अगाडी बढाउँछु : प्रदेश सांसद मन्सुरी

माघ २३, २०७९
निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

निःशुल्क आँखा शिविरमा ७० जनाले पाए सेवा

माघ ९, २०७९
इनरुवा अस्पतालमा सेवा विस्तार

इनरुवा अस्पतालमा सेवा विस्तार

साउन २१, २०७९
Next Post
हरिनगर गाउँपालिकाद्वारा दुई पत्रकार सहित दर्जनौ सम्मानित

हरिनगरलाई नगरपालिका बनाउने प्रयास गर्छु : अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In