एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो प्रखर वक्तृत्वकलाका कारण चर्चामा आउँछिन्। बेलाबेला उनले दिने आक्रामक धारणाले उनी चर्चासँगै विवादमा पनि तानिन्छिन्।
अहिले फेरी कंगना विवादमा तानिएकी छन् । यसपटक उनी फोटोका कारण इन्स्टाग्राममा ट्रोलको शिकार बनेकी छिन्। उनले शेयर गरेको फोटोमा उनी सेतो रङको ट्रान्सप्यारेन्ट ब्रालेट र सेतो पाइन्टमा छन्। यसैलाई लिएर इन्स्टाग्राम प्रयोगकर्ताले उनको मजाक उडाइरहेका छन्। कंगनालाई उनले विगतमा बोलेको कुराका आधारमा ट्रोल गरिएको हो।
केही समयअघि उनले हलिउड पपस्टार रिहाना र बलिउड अभिनेत्रीहरुको कपडाको विषयमा प्रतिक्रिया दिएकी थिइन्। अहिले उनले लगाएकाे कपडामै ट्राेल बनेकाे हाे । ‘त्यो तपाई हैन जो बलिउडका अन्य नायिका र रिहानाको कपडाको विषयमा प्रश्न उठाउने ? अब के हुन्छ ?’ एक जनाले उनको फोटोमा कमेन्ट गरेका छन्। त्यस्तै अर्का प्रयोगकर्ता लेख्छन्, ‘यो त्यही नायिका हो जसले फाटेको जिन्स र भारतको संस्कृतिलाई लिएर ज्ञान दिएकी थिइन्।’ अर्का एकजनाले यो के लगाएको भन्दै प्रश्न गरेका छन्।
कंगनाले धकाड फिल्मकाे सुटिङमा लगाएकाे ट्रान्सप्यारेन्ट कपडाका कारण विवादमा तानिएकी हुन् । धकाड सस्पेन्स थ्रिलर फिल्म हाे । यसलाई रजनिश घईले निर्देशन गरेका हुन् ।
फिल्ममा कंगनासँगै अर्जुन रामपाल, दिव्या दत्ता, सरिब हासमी लगायत रहेका छन् । फिल्म बालबालिका अपहरण र हत्यासँग केन्द्रीत रहेकाे बताइएकाे छ ।