नेपाली काँग्रेस एतिहासिक प्रजातान्त्रिक पार्टी हो । नेपाली काँग्रेसका मुलभुत आधारस्तम्भ (पिलर) राष्ट्र ,राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । नेपाली काँग्रेसको झण्डामा अंकित ४ तारा त्यसैलाई पुष्टि गरि रहेको छ । राष्ट्र नरहे हामी रहनौं भन्ने एउटा ताराले हमेशा संकेत गरि रहेको छ ।प्रतिबन्धित समयमा छिमेकी मुलुक भारतमा रहेका बेला स्व. महामानव विपी कोइरालालाई आजीवन मुख्यमन्त्रिको प्रस्ताव त्यहाँका तत्कालीन शासकले राखे पछि त्यसलाई अस्विकार गरी मर्छु भने आफनै देशमा तर राष्ट्र बाँचि रहनु पर्छ ,राष्ट्र प्रतिको अथाह माया र प्रेमले नेपाल आएर जेलको सजाय रोज्नु भयो तर राष्ट्रको बारेमा कसैसँग झुकेन , सम्झौता गरेन ।नेपाली काँग्रेसको पहिलो ताराको महत्व आफैंले व्यवहारमा लागु गरेर सारा नेपालीलाई राष्ट्र प्रति हमेशा समप्रित रहनु पर्छ त्यसका लागि ज्यान नै दिन नपरोस् ? सन्देश दिनु भयो । त्यसैले पहिलो ताराको महत्व अस्मरणीय र अमूल्य रहेको छ ।
नेपाली काँग्रेसको दोस्रो तारा राष्ट्रियता हो । वास्तवमा राष्ट्रियता विनाको राष्ट्र स्वाधिन हुन सक्दैन । जसले जताबाट फुटबल जस्तो हाने पनि सहेर बस्नु पर्छ । राष्ट्रियता हामी नेपालीहरुको एकताको बलियो जन्जिर हो । राष्ट्रियता बलियो भए दुनियाका कुनै पनि शक्तिले हामीलाई हेप्दैन, हेप्न खोजे परास्त हुन्छ । त्यसैले हामी बिच जति मतभेद भए पनि नेपालको सवालमा हाम्रो राष्ट्रिता बलियो रहनु पर्छ , नेपाली काँग्रेसको दोस्रो ताराले हामीलाई सन्देश दिइ रहेको छ ।
नेपाल काँग्रेसको तेस्रो तारा हो समाजवाद । साधारण रुपमा समाजवाद भनेको ठुला– साना, उच्च –निच, धनि –गरीब ,शिक्षित– मुर्ख , मालिक– नोकर , पुरुष–नारी लगायतका पक्षमा रहेका विभेदको अन्त्य, समान व्यवहार , सबै क्षेत्रमा समान पहुँच र प्रतिनिधित्व , समान अवसर , समानताको स्वीकारोक्ति नै समाजवाद हो । धनिले अलिसान महलमा रमाउने अनि गरीब खान नपाएर आत्म हत्या गर्ने व्यवस्था कदापी समाजवाद हुदैन् । धनिले पनि गरीबहरु कस्ता अवस्थामा छन् ,बाँच्ने अधिकारका लागि गाँस ,बाँस र कपासको व्यवस्था मिलाएर उनीहरुको अस्तित्व स्वीकार्नु नै वास्तवमा समाजवाद हो ।
पुरुषहरु अवसर लिने , महिलाहरुको अधिकार कटौति गर्ने समाजवाद होइन् , सामन्तवाद, अधिनायकवाद हो । शिक्षितहरु हामी नै समाजका ठुला मान्छे हौं मुर्खहरु मानव नै होइनन् सोच्नु पनि समाजवादको परिभाषा भित्र पर्दैन ् । यस्तै ठुला जाति साना जाति भनेर उच निचको व्यवहार देखाउनु पनि सामन्तवाद हो । स्व. विपीले आफनो जीवनमा यस्ता विभेदहरु ह्ट्नु पर्छ , छुवाछुत हट्नु पर्छ ,उच निच हट्नु पर्छ , समतामुलक समाजको निर्माण गरी समाजवादलाई आत्मसाथ गर्दै अगाडी बढ्नका लागि नेपाली काँग्रेसको एउटा ताराको अंकितको रुपमा समाजवादलाई राख्दै जब सम्म चार तारे झण्डा रहन्छ नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सम्झेर समाजवादलाई आफनो व्यवहारमा लागु गर्न तम्तयार रहन्छ सोचेर नै राखेको हो ,
नेपाली काँग्रेसको चौथो तारा प्रजातन्त्र हो । वास्तवमा प्रजातन्त्र विना जनता बलियो हुन सक्दैन । जनता सार्वभौम नभए सम्म राष्ट्र, राष्ट्रियता,समाजवादको कल्पना गर्न सकिदैन । नेपालमा प्रजातन्त्रको जननी नेपाली काँग्रेसले प्रजातन्त्र ल्याए तर पार्टी भित्रै कार्यकर्ताहरु समाजवादलाई आत्मसात गर्न सकेनन् । धनि , टाठाबाठाहरुले घुमाइ फिराई अवसरवाद तर्फ बढि केन्द्रित रहे । अहिले पनि सामन्तवाद हट्न सकेको छैन् । सामन्ती सोचका नेताहरुलाई धेरै ठाँउमा जनताहरुले तह लगाई सकेका छन् । स्व. विपीको दुरदर्शि सोच र वहाँको मार्ग दर्शनलाई आत्मसात गर्दै नेपाली काँग्रेसले सामन्तवादीहरुलाई विस्थापित गरेर समाजवादलाई स्थापना गर्न समाजवादी चिन्तन बोकेका कार्यकर्ताहरुलाई आउँदो महाधिवेशनमा नेतृत्व हस्तान्तरण तर्फ पहलकदमी जरुरी छ । लेखक ः ताविल अंसारी