Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

‘म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ’

राम्रो गीत जीवनभर सम्झिइन्छ : प्राडा कृष्णहरि बराल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ४, २०७८
in साहित्य
‘म गीत लेख्ने होइन, मलाई गीतले लेखाउँछ’
61
SHARES
Share on FacebookShare on Twitter

नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट साधक एवं चर्चित गीतकार प्राडा कृष्णहरि बरालको जन्म ४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा भएको हो । उनले कक्षा ७ सम्म सिन्धुलीमा, बीएसम्म जनकपुरमा र विद्यावारिधि ‘गजल परम्परा र मोतीराम भट्कोट गजलकािरता’ शीर्षकमा त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट गरेका हुन् ।

२०३३ सालमा ‘म भक्त हुँ यो देशको, म रक्त हुँ यो देशको’ गीत रेडियो नेपालमा रेकर्ड गराएर साङ्गीतिक जीवनमा होमिएका बरालका गीति एल्बम र चलचित्रका गरेर अहिलेसम्म करिब ८ सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

माया–प्रेमदेखि राष्ट्रिय भावनासम्मका गीतमा शब्द कोरेर हरेक नेपालीको मनमा बस्न सफल बरालसँग रातोपाटीले गरेको कुराकानी स्

गीत लेखनको यात्रा कसरी सुरु भयो ?
पहिलो कुरा त म सिन्धुली जिल्लाको हत्पते भन्ने गाउँमा जन्मेको मान्छे हुँ । त्यहाँ सहरी सुविधा केही पनि थिएन । विलकुलै गाउँ थियो । त्यहाँ पाँच क्लाससम्म पढाइ हुने कमला अप्पर प्राराइमरी एउटा विद्यालय थियो । मैले त्यहीँ कक्षा सातसम्म पढेँ । गाउँमा बेलुका बेलुका मादल बजाएर गीत गाउने वातावरण हामी सानै हुँदादेखि थियो । बेलुका बेलुका मान्छेहरू भेला भएर गीतगाउने, सुन्ने गरिन्थ्यो ।

बुबा, हजुरबुबाहरू रामायण, महाभारत, कृष्ण चरित्र, देवी भागवत लगायत ठूलठूला वेदका किताबहरु ​ पढ्नुहुन्थ्यो । ती किताबका चित्र हेर्थ्यौ७शधलवस पढ्थ्यौँ । एकादशी जस्ता व्रतहरूमा भजन मण्डली बोलाएर रातभरि भजन गाउने गरिन्थ्यो ।

विस्तारै हामीले पनि रामायण, महाभारतका किताब लय हालेर पढ्न थाल्यौँ । ४, ५ कक्षामा पुगेपछि जिल्लाका, अञ्चलका नाम घोक्नुपथ्र्यो । बुबाले त्यसलाई कविता बनाएर पढ, लयात्मक बनाएर पढ्दा आउँछ, बिर्सिंदैन भन्नुभयो । यस्तो अभ्यास त्यही बेलैदेखि गरियो । यही क्रममा कक्षा पाँच हुँदा एउटा कविता लेखेर वाचन गर्दा पुरस्कार स्वरूप एउटा कापी पाएको थिएँ । त्यसो गर्दागर्दै यो क्षेत्रतिर मन आकृष्ट भयो ।

कक्षा ७ सम्म पढ्दा म रातभरि भजन भट्याउन सक्थेँ । ७ बाट त्यहाँ पढ्नेवातावरण भएन । त्यहाँबाट म जनकपुर गएँ । त्यो क्षेत्र मलाई झन् फ्लोर भयो । आईए, बीए पढ्न थालेपछि म अझ लेखनितर लेगेँ । त्यहाँ पत्रिकाहरू पनि एउटा दुईवटा निस्किथ,​ विभिन्न साहित्यिक कार्यक्रमहरू हुन्थे, म तिनमा भाग लिन थालेँ । यसरी नै मेरो लेखन अगाडि बढ्दैगयो ।

सरको पहिलो गीत चाहिँ कहिले आयो ?

कक्षा पाँचमा पढ्दा विद्यालयको कार्यक्रममा अरू साथीहरूले हिन्दी गीत गाए । मैले चाहिँ ‘बारीको छेउमा कुर्ले ढुकुर कुर्लिन्छ, नेपाल जाँदा सुनकोसी उर्लिन्छ’ भन्ने गीत गाएँ । यही गीत नै मेरो पहिलो गीत हो । मेरो पहिलो रेकर्ड भएको गीतचाहिँ आईए पढ्दा लेखेको अनि बीए पास भएर काठमाडौँ आएपछि २०३३ सालमा रेकर्ड भएको ‘म भक्त हुँ यो देशको, म रक्त हुँ यो देशको’ भन्ने हो ।

व्यावसायिक गीत लेखन त्यहीबेलाबाट भयो ?

त्यसलाई व्यावसायिक के भन्नु रु रेडियो नेपालले २० रुपियाँ दिन्थ्यो त्यतिखेर । जनकपुरमा आईए पढ्दा ‘कर्मयुग’ पत्रिकामा ‘विपरीत व्यथाहरू’ शीर्षकमा कविता छापिएका थिए । लाग्छ, २०३१ सालतिर जनकपुरमै ‘उषा’ भन्ने पत्रिकामा लीलासिंह कर्माले मेरा २ वटा गीतहरू छापिदिनुभएको थियो । जनकपुर बस्दा त्यति धेरै पत्रिकाहरू पनि थिएनन् । हास्यव्यङ्ग्यहरू लेखेको थिएँ । तर त्यहाँ छाप्न पाइएन ।

 

जनकपुरमै ‘म भक्त हुँ यो देशको’ गीत लेखेको थिएँ । त्यहाँ एउटा राष्ट्रवादी विद्यार्थी मण्डल भन्ने थियो । त्यसमा संलग्नहरू अञ्चलाधीशका नजिक थिए । त्यसले पत्रिका निकाल्दैछ, तपाईं पनि कविता दिनुहोस् न भने एकजना मैथिलीका प्रोफेसरले । लेखेर तिनै सरलाई दिएको थिएँ तर छापिदिएनन् । ०३३ सालमा बीए पास गरेर आएपछि म त गीततिरको एकदम प्रिय मान्छे भएकाले रेडियो नेपाल हेर्न भनेर गएँ ।

त्यसभन्दा अगाडि पनि रेडियो नेपालले प्रश्नोत्तर कार्यक्रम सञ्चालन गथ्र्यो, म र मदन ढकालले प्रश्न सोध्ने गर्थ्यों । त्यसमा पाण्डव सुनुवार र देवी शर्माले कार्यक्रम प्रस्तुत गर्नुहुन्थ्यो । मैले रेिडियो नेपालमा उहाँहरूलाई नै भेटेँ । प्रश्नोत्तर कार्यक्रममा मा धेरै भाग लिने भएकाले उहाँहरूले चिन्नुभयो । राम्रो व्यवहार पनि गर्नुभयो । २ वर्ष भइसक्यो किन प्रश्न नपठाउनुभएको भन्नुभयो । म त गीतहरू लेख्छु भनेँ । गीत लेखेको भए स्वीकृतिका लागि यहाँ छोडिदनस न भन्नुभयो ।

अर्को पटक जाँदा जनकपुरमै लेखेका १० वटा गीत लगेर दिएँ । ती १० मध्ये ६ वटा स्वीकृत भएछन् । खुसी लाग्यो तर कल्लाई दिनू रु अनि पाण्डव सुनुवार चिनेको हुनुभयो र उहाँकै हातमा दिएँ । उहाँमार्फत नै ‘म भक्त हुँ यो देशको’ गीत गोकुल राईको सङ्गीत, पाण्डव सुनुवार र सुरेस श्रेष्ठको स्वरमा रेकर्ड भयो ।

गीत लेखनबाट आम्दानी चाहिँ कहिलेबाट हुनथाल्यो ?

२०४६ साल पछाडि जब चलचित्रहरूमा धेरै गीत लेख्न थालियो, रेकर्डिङको माहोल एकदम धेरै बढ्यो । एल्बमहरू निस्किन थाले । त्यसपछि चाहिँ सुरु भयो भनौँ न ।

गीतमा त तपाईं स्थापित भइसक्नु भा’छ, रोयल्टी चाहिँ कतिको आउँछ?

हाम्रोमा रोयल्टी भर्खर भर्खर उम्रेको दुईटा पात जस्तो छ । डाँठ पनि राम्ररी हालिसकेको छैन । म चाहिँ त्यसरी बुझ्छु । अलि अलि रोयल्टी जुन उठेको छ त्यसको पनि वैज्ञानिकता छैन । जस्तो यातायातबाट उठाउने भनेर कति करोड उठेको सुनेको छु । उठाउन त उहाँहरूले उठाउनुभयो तर कसरी र कसकसलाई कुरा नमिलेकाले िदन सक्नुभएन । हामीलाई त मर्का पर्यो नि ।

खासमा बसमा जसको गीत बजेको छ उसले पाउनुपर्ने हो । तर, त्यसको रेकर्ड उहाँहरूसँगै छैन । अनि कसरी वितरण गर्ने, उहाँहरू त्यतिकै अन्योलमा परेर त्यो पनि वितरण भएको छैन । २, ४ हजार रुपियाँ कतैकतैबाट पठाएको हुन्छ । सीआरबीटी, पीआरबीटीबाट उठेको त कहिलेकाहीँ पाएको तर जहाँबाट धेरै आउनुपर्ने हो त्यहाँबाट आएको छैन । युट्युबको भ्यु हेर्ने हो भने करोड नाघेका थुप्रै गीत छन् । त्यसको रोयल्टी कहाँबाट आउने, कताबाट लिने केही पनि छैन ।

यति धेरै गीत लेख्नुभएको छ, महिना महिनामा केही रकम त पाउँदै हुनुहुन्छ नि ?

कहाँको पाइन्छ हौ रु कहिलेकाहीँ १०, १२ हजार म्युजिक नेपालले दिन्छ सीआरबीटीमा बज्यो भनेर । कहिलेकाहीँ हजार, दुई हजार पनि दिन्छ, यति पुगेको छ भनेर । तर, रोयल्टी भनेको त बसले बजाएको, रेडियोले बजाएको, होटलहरूमा बजेको पनि पाउनुपर्ने हो । गायकहरूले कहीँ गएर गाएका छन् भने त्यसको पनि दिनुपर्ने हो तर छैन । यी सबै कुराको वैज्ञानिकता आयो र सही तरिकाले पाउन थालियो भने पैसा धेरै नै हुन्छ ।

गीत किन लेख्नुहुन्छ रु कस्तो भावना आउँदा गीत लेख्नुहुन्छ ?

पहिलेदेखि मेरो सङ्गत नै त्यस्तो भयो । गाउँमा अर्काको घरमा गएर रेिडियो सुनिन्थ्यो भने आफ्नो घरमा गीतहरू सुनिन्थ्यो, घरमा लोकगीतहरू गाउने वातावरण थियो, वरिपरि घरका मान्छेहरू आएर लोकगीतहरू गाउँथे, घरमा श्लोकहरू गाउँथे, रामायण महाभारतका श्लोकहरू सुन्थेँ । सुरुका लेखनमा त्यहीँबाट भावना आउँथ्यो ।

कहिलेकाहीँ बाटोमा हिँडिरहेको बेला पनि फ्याट्ट भाव आउँछ । अनि त्यसलाई टिप्ने हो । धेरै गीतहरू मैले एकै पटकमा तयार गरेको छु । एक घण्टा दुई घण्टा पनि नलगाई तयार गरेको छु । युनिभर्सिटीमा पढाउन जान्थेँ । त्यहाँबाट फर्किंदा प्रायः एक्लो हुनुपर्छ, दिमागमा फ्याट्ट आउँछ अनि कागज या मोबाइलमा टिप्यो । अनि सङ्गीगीत भर्नका लागि दियो ।

चलचित्र क्षेत्रका गीतहरूमा चाहिँ निर्माताहरूले फर्माइस गर्नुनुहुन्छ– यस्तो खालको गीत चाहियो भनेर, विषय पनि दिनुहुन्छ । मेरो सिनेमामा यस्तो यस्तो सिन छ, यहाँनेरि गीत चाहियो भनेपछि त्यसलाई मनमा राख्यो अनि गीत बनाएर निकाल्ने हो । विषयलाई मनमा राखेर गम्दा भावमा मिसिएर त्यो गीत बन्छ । जसरी घाँस खाएर गाईले दूध बनाउँछ अथवा उखुको रसबाट चिनी बन्छ ।

तर मैले एउटा कुरा धेरै ठाउँमा भन्ने गरेको छु, ‘म गीत लेख्ने होइन मलाई गीतले लेखाउँछ’ ।

 

अनि गीतसङ्गीतप्रति तपाईंको चित्त नबुझेका केही कुरा छन् ?

त्यो धेरै हुन्छ । प्रारम्भिक चरणमा कस्तो हुन्थ्यो भने गीत कसैले भन्यो, दियो । उहाँहरूले सङ्गीत गर्नुहुन्थ्यो । रेकर्ड हुन्थ्यो । कहिलेकाहीँ त रेकर्डमा पनि गइँदैन थियो । अहिले चाहिँ म सामान्य कम्पोज गरिसकेपछि सुन्छु । म आफैँ पनि एउटा सङ्गीतमा गीत लेख्छु । अनि कम्पोजरले त्योभन्दा राम्रो हाल्नुपर्छ भन्ने मेरो धारणा नौलो कुरो भएन ।

मैले जुन सङ्गीतमा लेखेको छु त्यो भन्दा राम्रो त हुनु पर्यो नि । नत्र मेरै छ नि त्यो धुन, लय । उहाँहरूले हालिसकेपछि यसो सुन्छु र एकदमै राम्रो फाइन आयो भने सकिहाल्यो । अलि ठिकै आयो भने यसलाई यसो गर्दा कसो होला भनेर सल्लाह हुन्छ ।

खासमा यो गिभ एन्ड टेकको कुरो रहेछ । सङ्गीतकारले पनि मैले लेखेको कुरा यसलाई यसो गर्दा हुन्छ कि हुँदैन भनिदिनुहुन्छ । काट्ने, छाँट्ने, बढाउने काम हुन्छ ।

कहिलेकाहीँ कस्तो हुन्छ भने, एक दिन महेश खड्का सङ्गीत गर्दै हुनुहुन्थ्यो । उहाँले ए मेरो मनपर्ने जादुगर, के छ तिम्रो त्यो जादूमा, आज मन छैन काबुमा भन्ने गीतको स्थायीमा धुन हाल्नुभयो । स्थायीपछि उहाँले मीठो धुन बजाउनु भयो । मलाई त्यो धुन मन पर्यो । अनि मैले भनेँ म अन्तरा यही धुनमा लेख्छु । मेरो गीतको अन्तरामा अब धुन भर्नुपर्दैन सकियो भने । यो तरिका पनि हुन्छ क्या । पहिले धुन हालिसक्यो अनि पछि लेख्यो, धुन मनपर्यो भने ।

अहिले बजारमा भित्रिएका गीतसङ्गीतलाई कसरी हेर्नुभएको छ ?

गीत भनेकै शब्द, सङ्गीत, स्वर र नृत्यको संयोजन हो । यसको समष्टिगत रूप हो । यसमा सबै मिलेपछि त्यो गीतले सबैतिरबाट प्रभाव पार्छ । तर कहिलेकाहीँ के हुन्छ भने, शब्द एकदमै राम्रो छ तर सङ्गीत कमजोर भयो भने पनि गीत चलिदिँदैन । शब्द, सङ्गीत राम्रो छ । तर स्वरले धान्न सकेन भने पनि गीत चल्दैन । अब त्यसलाई नृत्यमा ढाल्दा पनि ताल बिग्रियो यताउति, भिजुअल राम्रो भएन, सही पात्र छनोट गर्न सकिएन भने पनि राम्रो भएन । धेरैतिरबाट राम्रो राम्रो भयो भने मात्र राम्रो हुने हो ।

अहिले अर्को अफ्ठ्यारो कुरा के छ भने, जसले बढ्ता बजाउन सक्यो, जसले बढी पैसा तिरेर विज्ञापन गर्न सक्यो ऊ बढ्ता चल्न सक्ने अवस्था पनि छ । युट्युबतिर पनि बुस्ट गर्ने भन्ने छ नि त्यस्तै । त्यहाँ पनि पैसाकै खेल छ । यसले के देखाइदियो भने पैसा धेरै हुनेले चाहिँ धेरै चलाउने रहेछन् । तर जहाँसम्म चल्ने भन्ने कुरा छ, मेरो दृष्टिकोण चाहिँ अर्कै छ । ‘त्यो गीत मात्रै चलेको र राम्रो हो जो एक चोटि सुनेर जीवनभर सम्झिइन्छ ।’ नबजोस् धेरै के फरक पर्छ । कोही मान्छेले एक पटक सुन्यो भने बाफ रे बाफ यो गीत कहाँ होला भनेर खोज्दै हिँडोस्, त्यो सबभन्दा ठूलो सफलता हो ।

त्यसैले के जरुरी छैन भने भिडियोमा आएका या रेकर्ड भएका सबै गीत उत्कृष्ट हुन् । सबै निकृष्ट हुन् भन्ने पनि छैन । गीत मात्र होइन हरेक विधाको लेखनमा भर्खरका सिकारु लेखक पनि हुन्छन् र सिद्धहस्त लेखक पनि हुन्छन् । एकदमै राम्रो प्रभावकारी लेख्ने लेखक पनि हुन्छन् । भर्खर लेख्न सुरु गरेका पनि पछि खारिँदै खारिँदै जान्छन् र अभ्यास हुँदै जान्छ । त्यसकारण बजारमा एकदमै उत्कृष्ट गीतहरू पनि छन् ।

कसैकसैले भनेको सुन्छु, रेडियो नेपालमा पहिले घन्किने जस्ता गीत अहिले छैनन् । अहिले पनि पहिले रेकर्ड भएका भन्दा राम्रा गीत पनि छन् । तर, त्यसलाई खोजेर हेर्न सक्नुपर्यो । गीत यति धेरै रेकर्ड भएका छन् कि छान्नै गाह्रो भयो मान्छेलाई । अनि जुन चाहिँ बढ्ता प्रचारमा आउन थाल्यो, मान्छेले त्यही मात्र सुने । यसले गर्दा राम्रा, गम्भीर गीतहरू ओझेलमा परेका छन् । तपाईंले नसुनेका मेरा धेरै उत्कृष्ट गीतहरू पनि छन् भन्छु म ।

अहिले बजारमा आएका कतिपय गीत अश्लील र भद्दा खालका पनि छन् भनिन्छ, तपाईंको मूल्याङ्कन कस्तो छ ?

अश्लील भएका, नियमविरुद्ध भएका, राम्रा कुरालाई विरोध गरेका गीतहरूको सेन्सर हुने नै भयो । यस्तो जहाँसुकै हुन्छ क्या १ उपन्यासमा पनि त छ नि । नग्न चित्रण गरेका उपन्यास छैनन् र रु तर त्यसलाई हामी उपन्यासको इतिहासमा गाभ्दैनौँ नि ।

गीतमा चाहिँ के भयो भने बजाइदिएपछि हामीले सुन्नै पर्यो । त्यसले गर्दा अफ्ठ्यारो परेको हो । इतिहास त नबुझ्ने मान्छेले लेख्न सक्दैन । इतिहास भनेको खल्तीमा कलम भिर्नेले, ल्यापटपमा टाइप गर्नेले मात्र लेख्ने हो । त्यो मान्छेले त जजमेन्ट गर्न सक्छ नि कुन स्तरीय छ, कुन छैन भन्ने । अहिले वर्तमानमा घच्याकघुचुक देखाए पनि पछि त त्यो हराएर जान्छ ।

वर्तमान समयमा सही मान्छेको सही मूल्याङ्कन हुन्छ भन्ने मलाई लाग्दैन । किनभने हामी पहाडका लहरलाई फेदीबाट हेर्यौँ भने कुन पहाड अग्लो छ भन्ने बुझ्दैनौँ ।

उँभो फर्केर हेर्दा सबै अग्ला देखिन्छन् । तर, धेरै पर गएर हेर्यौँ भने अग्लो– होचो छुट्टिन्छ । अहिले यस वर्तमानमा उभिएर हेरेका हुन्छौँ, कोहीलाई के व्यक्तिगत प्रभाव होला, कसैलाई पनि राम्रो भन्दिन सक्ला । कसैलाई केही दृष्टिकोण होला, अर्कै दृष्टिकोणले राम्रो भनिदिन सक्ला । तर २०, ३० या ५० वर्ष पछाडि कुनै अनुसन्धानकर्ता निस्किएर जब यी गीतहरू सुन्छ, त्यसपछि उसले सही कुरा भन्छ । अनि कसको हाइट कति थियो भन्ने थाहा हुन्छ ।

गीतसङ्गीतमा सेन्सरका कुरा पनि उठिराखेका छन्, अहिले सेन्सरको आवश्यकता छ त ?

यो विषय पहिले पनि उठेको थियो । गीतकार सङ्घबाट एउटा पत्रिका निस्केको थियो । त्यसमा मैले अभिव्यक्ति स्वतन्त्रता, सेन्सरसिप र साहित्य शीर्षकमा १२, १४ पेजको एउटा लेख लेखेको छु । संसारमा नराम्रा कुनै पनि कुरा भन्न पाइन्छ भन्ने हुँदैन । जस्तोसुकै प्रजातान्त्रिक मुलुकमा पनि जे मन लाग्यो भन्न र जे पायो गर्न पाइँदैन । प्रजातन्त्र छ भनेर चोर्न पाइन्छ रु पाइँदैन । अभिव्यक्ति स्वतन्त्रता भनेको सबै ठाउँमा, हरेक चिजमा अभिव्यक्ति स्वतन्त्रता होइन । त्यसमा हाम्रा आफ्नै सीमाहरू हुन्छन् । हाम्रो समाज, संस्कृति, सभ्यता, कानुन हुन्छ, त्यसभित्र रहेर अफ्ठ्यारो नपर्नेगरीको अभिव्यक्ति दिनुपर्छ । कानुनमा २० वर्षमा बिहे गर्न छुट छ अनि मैले १६ वर्षकी भइछ्यौ, आऊ अब बिहे गरौँ भन्न मिल्दैन । कानुनले पक्रिन्छ । कानुनमा दुईवटा बिहे गर्न पाइँदैन भन्ने हुँदा हुँदै तिमीहरू दुई जना नै मनपर्यो, बिहे गर्छु भन्न पाइँदैन नि ।

तर कतिपय अश्लील कुराहरू पनि सिम्बोलिक रूपमा गीतमा भन्न सक्छौँ । कतिपय गीतमा मैले पनि लेखेको हुँला । जसको अर्थ छाम्नलाई अलि गाह्रै हुन्छ । भनेका कुराहरू अभिधामा मात्र बुझेर लक्षणा र व्यञ्जनामा बुझ्न घोरिनुपर्छ । त्यसले केही असर गर्दैन ।

आम मान्छेले सोझो तरिकाले बुझ्छ, भित्री कुरो ९लक्षणा र व्यञ्जनामा० बुझ्नेले बुझेर मुसुक्क हाँस्छ, यो पो भनेको रहेछ भनेर । त्यसरी भन्न त छुट छ नि साहित्यमा । यसलाई हामी यौन विम्ब भन्छौँ । भूपि सेरचनका कविता पढ्यौँ भने कस्ता कस्ता यौन विम्बहरू छन्, बुझ्दै गएपछि । मनोविश्लेषण ९साइकोलोजी०मा त अझ यौन विम्बहरूको बढी महत्त्व छ ।

कतिपय कुरा सरकाले बनाएका नीतिनियमको पनि विरोध गरेर लेख्नुपर्ने हुन्छ, यदि समाजको विकासको गतिलाई रोक्ने खालको छ भने । सरकारले थुनेर राख्यो भने पनि लेख्न आँट गर्नुपर्छ । तर समाजका लागि राम्रो छ भने त्यसको विरोध गर्नु बुद्धिमानी हुँदैन । धर्मकर्ममा पनि हाम्रा कतिपय विकृति पनि होलान्, त्यसलाई सुधार गर्नका लागि भन्न आँट गर्नसक्नुपर्छ, त्यो धर्मावलम्बीहरूले झम्टिए पनि । तर त्यसका राम्रा पक्षको विरोध गर्नु हुँदैन ।

सामान्यतः कुन कुरा भन्नुहुन्छ, कुन भन्नुहुँदैन भन्ने लेखक आफैले बुझ्नुपर्छ र आफैले नै सेन्सर गर्नुपर्छ । किन पुलिस चाहियो, किन अरूले भनिदिनुपर्यो । यो नै प्रजातन्त्रमा सबैभन्दा उत्कृष्ट उपाय हो भन्ने मलाई लाग्छ । नराम्रा लेख्नेहरू विस्तारै आफै किनारा लाग्छन् ।

गीत लेखनका नव प्रवेशीहरूलाई गीत लेखनका केही टिप्स दिनुस् न ?

नयाँ नयाँ लेखक आउने निरन्तर प्रक्रिया हो । सुरु सुरुमा लेख्नेहरूले अर्काको सुनेपछि पहिले त्यसको प्रभावमा लेख्छन् । अहिले हेर्यौँ भने १६ अक्षरको झ्याउरे लयमा नेपालीमा धेरै गीत लेखिएका छन् ।

प्रारम्भिक चरणमा अर्काको गीत सुनेर लेख्ने गरिन्छ, त्यसको प्रभावमा लेख्ने गरिन्छ, कति कन्टेन्ट दोहोरिन्छ, शिल्प दोहोरिन्छ । तर जब अगाडि बढ्दै जान्छौँ त्यसबाट हिट हुन सक्दैनौँ । हामी अर्कोे किसिमको गीतकार बन्न सक्दैनौँ ।

अगाडि बढ्नका लागि अध्ययन गर्नुपर्छ, सिद्धान्तहरू पढ्नुपर्छ, अरू भाषामा लेखिएका राम्रा राम्रा गीतहरू सुन्नुपर्छ र अरुले लेखेका गीतभन्दा भिन्न किसिमका गीत लेखेर आफूलाई विशेष बनाउनुपर्छ । त्यसका लागि अध्ययन चाहिन्छ । मेरा दुईवटा किताब छन्– ‘गीत सिद्धान्त र इतिहास’ र ‘गीत कसरी लेख्ने रु’ । ती किताबमा धेरै कुरा भनेको छु । गीत कसरी लेख्ने भनेर युट्युबमा पनि मेरा १० वटा इपिसोड छन् । यी सामग्री हेर्नुभयो भने केही कुरा बुझ्नुहुनेछ ।

त्यसैले आफ्नो निजत्व प्राप्त गर्न मौलिकता खोज्नुपर्छ । अरूको नक्कललाई छोडेर आफ्नो बाटो पहिल्याउपर्छ ।

अहिलेको अवस्था कस्तो छ भने मेरो प्रतिस्पर्धा मभन्दा सिनियरसँग पनि छ, मेरा समकालीनसँग पनि छ, मेरा जुनियरसँग पनि छ, जो यो क्षेत्रमा आउँदै हुनुहुन्छ । त्यसभन्दा पनि अर्को प्रतिस्पर्धा मेरो मैसँग पनि छ । यो भनेको आफूलाई आफैले कसरी बदल्ने, कसरी अझ उत्कृष्ट बनाउने भन्ने प्रतिस्पर्धा हो । यी सबै कुराबाट सिक्दै बाबु पुस्तामा लेखिएका जुन किसिमका शिल्प र कन्टेन्ट छन्, त्यसभन्दा भिन्न बनाउनुपर्छ । त्यसरी गरियो भने आफ्नो गीत लेखन सफल हुन्छ ।

 

गीतसङ्गीतका श्रोताहरूलाई केही सुझाव दिनुहुन्छ कि ?

श्रोताहरू त हाम्रो परिप्रेक्ष्यमा भाग्य निर्माता हुनुहुन्छ। कसले बढ्ता हेरिदिन्छ, सुनिदिन्छ, कसले फर्माइस गरिदिन्छ त्यसले धेरै फरक पार्छ । हाम्रो मनमा नेपाली सङ्गीत ठीक बाटोमा गएन, अलिक गलत बाटोतिर लाग्यो, यसलाई हावाले अर्कैतिर उडाएर लग्यो भन्ने लागेको छ भने यसलाई बचाउने हामीले नै हो । त्यस्तो अवस्थामा उहाँहरूले सम्बन्धित स्रष्टालाई तपाईंले लिएको बाटो अलिक ठीक भएन, यस्तो गरे कसो होला रु भनेर सुझाव दिनु राम्रो हुन्छ । हामी स्वयं स्रष्टाले पनि त्यस्तो अनुभव गर्यौँ भने, गलत ठाउँमा गएका छौँ भने त्यसलाई फर्काएर सही ठाउँमा ल्याउने काम हाम्रो नै हो । हामी सङ्गीतकर्मीले सही ठाउँमा ल्याउनु पर्यो, अझ उत्कृष्ट बनाउनु पर्यो ।

हामी नेपाली गीतकार, सङ्गीतकार, गायकदेखि बाहेक अर्कोले आएर नेपाली गीतसङ्गीतलाई बनाइदिँदैन । पत्रकारहरुले विरोधै मात्र गरेर पनि सुध्रिनेवाला छैन । यसलाई सही बाटो देखाउनुपर्छ । नेपालीहरूमा यो भएन, त्यो भएन मात्र भन्ने गरेको पाइन्छ । के गर्दा हुन्छ, त्यसको उत्तर चाहिँ आउँदैन । खराबी यहाँनेर छ ।

त्यसकारण श्रोताहरूले, दर्शकहरूले यसमा अलिकति जिम्मेवारी लिइदिनुपर्छ । सही किसिमका गीतहरू, स्तरीय गीतहरू, समाजलाई स्पष्ट राम्रो ढङ्गले सल्लाह दिने गीतहरु बनाउने सल्लाह दिनुपर्छ । हामीले पनि परम्परादेखि लेखिँदै आएका गीतहरूको सम्मान गर्दै अझै उत्कृष्ट गीत लेख्दैजानुपर्छ । सस्तो लोकप्रियताले धेरै ठाउँमा हानि गर्छ । हामीले स्तरीयता र लोकप्रियतालाई एक ठाउँमा मिलाएर अगाडि बढ्यौँ भने हाम्रो सङ्गीत फेरि पनि सही ठाउँमा आउँछ, त्यसो त अहिले पनि छ र अझै राम्रो ठाउँमा आउँछ ।

श्रोत : ratopati.com

Share24Tweet15SendScan
Previous Post

मादी हत्याकाण्ड: ५ जनालले एकै परिवारका ६ जनाको हत्या गरेको पुष्टि

Next Post

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In