यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् । साथै, उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’साथै, रबिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नातिनीसँगको फोटो पोस्ट गर्दै जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द नभएको बताएकी छिन् ।
श्रोत : रातोपाटी