Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

किन हुन्छ हृदयाघात ? कस्ता लक्षण देखिएमा हृदयाघात भएको बुझ्ने ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ९, २०७८
in स्वास्थ्य
किन हुन्छ हृदयाघात ? कस्ता लक्षण देखिएमा हृदयाघात भएको बुझ्ने ?
33
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरु, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक फरक हुने हुँदा मृत्युको कारक पनि फरक फरक हुने गर्छ ।

संसारभरि नै सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । मुटुरोग पछि मस्तिष्क घात, श्वास–प्रश्वासको स्रक्रमण, झाडा पखाला, एच।आई।भी। एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारको ६।४ बिलियन जनसंख्या मध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसंख्याको ज्यान जाने गरेको पाइन्छ । मुटुमा समस्या उत्पन्न भएको अवस्थामा हृदयाघात हुन सक्नेतर्फ सचेत हुन जरुरी छ । यसै सन्दर्भमा रहेर नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा। शिवजी सिलवालसँग हृदयाघात किन हुन्छ रु र कस्ता लक्षण देखिएमा हृदयाघात भएको बुझ्ने रु त भन्नेबारे गरिएको कुराकानीको सम्पादित अंश ।

हृदयाघात​, यसको लक्षण र उपचार विधि
हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटु मै सामान्यत रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ । हृदयाघातका लक्षणहरुमा छाति दुख्ने, छाति गहुँगो हुने र दुखाई सर्दै छातीबाट सर्दै गएर बङ्गारा, गर्दन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वास्वा हुने, कमजोरी अथवा रिङ्गटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन् ।

वास्तवमा यदि कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षणहरू देखा नपर्न सक्छन् । केही मानिसहरूमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुषुप्त हृदयाघात भनिन्छ । हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ । हृदयाघातका प्रचलित उपचारहरूमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधीको प्रयोग ९जसलाई थ्रम्बोलाइसिस भनिन्छ०, कार्डियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जिओप्लास्टी र मुटुको शल्यक्रिया जस्ता प्रक्रियाहरू पर्छन् ।

एन्जिओग्राफी पश्चात् मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छ । यी प्रक्रियाहरू मध्ये मुटुका धमनीहरूमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जिओप्लास्टी नै हो । उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोग सम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो । यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ । बिरामीको पीडा वा दुखाई कम गर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधी दिइन्छ ।

क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स–रे लिंदै त्यो क्याथेटरलाई बन्द भएको वा साँघुरिएको धमनीसम्म पुर्याइन्छ । बन्द भएको धमनीको भाग पत्त लगाइसकेपछि क्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ । यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्त प्रवाह पुनः स्थापित गराइन्छ । धमनीको बन्द भएको वा साँघुरिएको भाग पुनः बन्द नहोस् भन्नका लागि त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपण गरिन्छ ।

स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन् । ती हुन् –औषधिरहित धातुको स्टेन्ट –जुन सबैभन्दा सस्तो हुन्छ०, अर्को स्टेन्टमा औषधी लेपन गरिएको स्टेन्ट जुन केही महँगो हुन्छ र तेस्रो किसिमको स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्दछन् । तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधीका माध्यमबाट यथेष्ट रक्त प्रवाह गराइ सकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ । अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन । रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नु पर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्त नलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाहरूबाट समेत बिरामीलाई जोगाउँदछ । स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यत यो प्रक्रिया पुरा हुन २० देखि ४५ मिनेटको समय लाग्दछ । तर कहिलेकाँही प्राविधिक रुपले जटिल अवस्थाको सृजना भई धेरै समय लाग्ने गर्दछ ।

९६ प्रतिशत भन्दा बढी एन्जिओप्लास्टी प्रक्रियाहरू तत्कालै सफल हुन्छन् । रोकावट भएको धमनीबाट रक्त प्रवाह सुचारु भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र निजीको छाती दुखाई ९एन्जाइना० कम हुने हुन्छ । तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामीहरू भने पूर्णतया ठीक नहुन पनि सक्छन् ता पनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ र तिनहरूलाई सक्रिय र सहज जीवन जीउन सजिलो पर्छ । मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जिओप्लास्टी गर्दाको अवस्थामा बिरामीहरू चाँडै निको हुन्छन् । धेरैजसो बिरामीहरू एन्जिओप्लास्टी गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामीहरू एन्जिओप्लास्टी गरेको दोस्रो बिहान फर्कन्छन् ।

हाम्रो जस्तो गरिबीको रेखामुनी रहेको देशमा जहाँ मेडिकल इन्स्योरेन्स लागु गरेको छैन, यहाँका जनताका लागि एन्जिओप्लास्टी प्रक्रिया निकै नै महँगो सावित हुन्छ । त्यो एउटा हाम्रो लागि नकरात्मक पक्ष हो । अर्कोतर्फ जुन बिरामीमा धेरै धमनीहरू साँघुरिएको वा बन्द भएका हुन्छन् त्यस खाले समस्यामा पनि एन्जिओप्लास्टी प्रक्रिया फलदायी नहुन सक्छ । त्यसरी नै खोलिएको धमनी एन्जिओप्लास्टी पछि पनि पुनः बन्द हुने वा साँघुरिने सम्भावना रहन्छ । त्यसपछि यहाँलाई धमनी पुनः साँघुरिएको भन्न सकिन्छ । यदि धमनी पुनः साँघुरिएको वा बन्द भएको खण्डमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ । पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जिओप्लास्टी वा कहिलेकाँही मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ ।

यदि तपाई आफै बिरामी हुनुहुन्छ भने एन्जिओप्लास्टी गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फुर्त राख्न वाञ्छनिए हुन्छ । एन्जिओप्लास्टी गरिसकेपछि पनि तपाईले नियमित रुपमा चिकित्सकको सम्र्पकमा रहने र सल्लाह अनुसार कोपिडग्रेल र एस्पीरिन जस्ता औषधिहरू चिकित्सकको अनुमति बिना छाड्नु हुँदैन । त्यसका साथसाथै तपाईंले धुम्रपान
त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ साथै बोसोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ ।

तपाईं मांसाहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लो युक्त दुग्ध पदार्थ ९चिज, घ्यू० नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ । त्यसको बद्लामा दैनिक रुपमा ताजा सागसब्जी र फलफूलमा बृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइज जस्ता पेय पदार्थहरू लिने बानी बसाल्नु पर्छ ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजबाटै तपाईंले नियमित रुपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनु पर्छ । याद रहोस् शारीरिक व्यायामले तपाईको मुटुलाई रक्षा गर्नु साथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाई ठूलाठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छोडेर भ¥याङ्गबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिँडेर जाने बानी गर्नु उपर्युक्त हुन्छ ।

हृदयाघात भएको बखत त्यसका लक्षणहरू करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहनसक्छ । हृदयाघात हुने बेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पुरा छाती गहुँङ्गो भएको महसूस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङ्गको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगरा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने अपच हुने, श्वास फेर्न गाह्रो भएको महसूस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनीमा हुने, स्वास्वा बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

जेसुकै भएतापनि यदि तपाईलाई हृदयाघात भएको शंका भएमा तपाईंले तत्कालै हृदयाघात उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ । साथै त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मी.ग्रा.) बिरामीलाई तत्कालै खुवाइदिनु पर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानी हुनबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ ।

श्रोत : ratopati.com

Tags: हृदयाघात
Share13Tweet8SendScan
Previous Post

श्रीमती र छोरीको हत्या गरेको आरोपमा पक्राउ

Next Post

माइली

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
माइली

माइली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In