बाबुराम मुडियारी ।
मोरङ । मोरङ र सुनसरी लगाएत ग्रामीण क्षेत्रका गाउँहरूमा मंसीर, पुस अर्थात कृषकले उत्पादन गरेको धान लगाएत कृषी उपज बाली थन्काउने समय लक्षित गरेर डुम( मरिक) समुदायको पेशालाई संकट पर्नमा नदिन गाउँ गाउँमा भकारी बिक्री वितरण गर्ने गरेका छन् ।
सुनसरी दुहवी पचिरा निवासी प्रभु मरिक अहिले मोरङ र सुनसरीको गाउँ गाउँमा पुगेर भकारी बिक्री गर्दै आइरहेका हुन । सुनसरी दुहवी पचिरा निवासी मरिकले २० वर्षदेखि मोरङ, सुनसरी लगायत अन्य ग्रामीण क्षेत्रका ठाउँहरूमा धान बाली पाकेसँगै धान भित्त्रयाऊने र थन्काउने समय मंसीर, पुस , माघ महिना सम्म गाउँ गाउँमा पुगेर भकारी बिक्री गर्दै आइरहेका छन् ।
मरिकका घरमा भकारी आफैँ बाँसको चोया बाट बनाउने गरेको र आफूले नै गाउँमा पुगेर १५ मन देखी बीस मन सम्म धान अटने भकारी १हजार ८ सय रूपैयाँ देखि २ हजार रूपैयाँ सम्म बिक्री गर्ने गरेको उहाँको भनाई छ । दैनिक ८ सय देखि १ हजार सम्म आम्दानी हुने गरेको प्रभु मरिकले बताउनुभयो । कमाएको आम्दानीबाट जीविकोपार्जन गर्ने गरेको समेत उहाँले बताउनुभयो ।
भकारी बनाउने पेशामा युवाहरूको आकर्षण नदेखिएकोले पुर्ख्यौली पेशालाई सङ्कटमा पर्न नदिन आफूहरू लागि परेको बताउनुभयो । भकारीमा धान , गहुँ लगाएत कृषी बालीहरू कृषकहरूले राख्ने गरेका छन् । तर हाल बजारमा फलामका ड्रम , प्लाष्टिकको बोरा, जस्ता( टिन) लाई बेरेर , बाँसको चोया बाट बनाएका चिद्राको पनि प्रयोग , जुटको बोरा लगाएतको प्रयोग गर्ने गरेको कृषकहरू बताउँछन् ।
कृषकले बजारमा सहज रूपमा खरिद गर्न पाईने प्लाष्टिकका बोरा लगाएतको सामग्रीहरूको प्रयोगले गर्दा भकारीको लोकप्रियता र खरिद बिक्री घट्दै गएको भकारी व्यवसायी हरू बताउँछन् । बजारमा पाईने आधुनिक सामग्री हरूको प्रयोगले गर्दा नै डुम( मरिक) समुदायको भकारी बनाउने पेशा नै संकटमा पर्न थालेकोको डुम मरिक समुदायहरू बताउँछन् ।
भकारी बाँसको चोया बाट बनाईने हुँदा १२ बर्ष देखी १५ बर्ष सम्म टिकाउ हुने गरेको कृषक तथा जानकारहरू बताउँछन् ।हाल गाउँ घरमा भकारीमा धान राख्ने कृषकहरू विरलै पाईन्छन् । सरकारले भकारी बिक्री गर्ने डुम (मरिक) समुदायलाई जागरूक बनाएर सीप विकास गरी समुदायको सीप लाई पुस्ता हस्तान्तरणका लागि कार्यक्रम हरू संञ्चालन गरी जातिय सीप बाट तयार सामग्री हरू बजारिकरणका लागि आवश्यक कार्यक्रम हरू संञ्चालन गरी दिई आत्मनिर्भर बनाउनुपर्ने आवश्यक देखिएको छ ।