Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

मानवता हराएको मान्छे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १०, २०७७
in साहित्य
मानवता हराएको मान्छे
39
SHARES
Share on FacebookShare on Twitter

‘ए! टिन फलाम, पलास्टिक, जुत्ता, चप्पल, कापी, किताब, पत्रिका, खाली सिसी बोतल। ”भाइ, किताब कापीको भाउ कति लगाएको छौ?’ ‘१५ रुपैयाँ लगाएछु दिदी। ‘

‘हट! २० मा लाने भए लैजाऊ, नत्र भए जाऊ।’ ‘हुन्छ दिदी, बोहोनीको ट्याम छ, दिहाल्नुस्।’उसले आफ्नो हातलाई नै तराजु मानेर किताबकापी जोख्यो अनि २०० रुपैयाँ दियो।

‘दिदी यो कति कक्षाको किताब हो?’ ‘तीन’
‘मेरो भाइलाई काम लाग्ने रहेछ’ भन्दै त्यो किताब छुट्टै राख्यो। अनि उसले लेख्न बाँकी रहेका कपिहरुका तिन चार पानाहरु च्यातेर भेला पार्यो र सियो धागोले सिलाएर नयाँ कापी बनाइदियो भाइको लागि।

यो दृष्यले साह्रै मन कुँडियो। मेरो आत्माले उसले दिएको पैसा लिन मानेन, फिर्ता गरी दिएँ। उसले त्यो पैसालाई पाँच पटक ढोग्यो, यति खुसी भयो मानौं उसलाई करोडौंको चिट्ठा परिरहेको थियो।

म रुञ्चे हाँसो हाँस्दै भित्र पसें। सम्झिएँ, मैले २०० रुपैयाँको आधा किलो कुखुरोको मासु ल्याएर भुटेर खान्थें होला जसको आनन्द मैले बढीमा जिब्रोसम्म मात्र लिन सक्थें, अनि समाप्त हुन्थ्यो। तर आज मैले पाएको आत्मसन्तुष्टीको म बयान गर्न सक्दिनँ।

होटल\रेष्टुरेन्टमा टिप्स दिनुलाई आफ्नो शानशौकत ठान्ने हामी नै हौं। अनि समाज सेवा गरेको भनी एउटा कपडालाई सात जनाले समातेर खिचेको फोटो फेसबुकमा हालेर आफ्नो उदारताको प्रदर्शन गर्ने पनि हामी नै। तर मदिरापान गरी रित्तिएका बोतल, पढिसकेका पत्रिका, किताबकापी, फाटेका जुत्ता चप्पलको पनि हिसाब चाहिन्छ हामीलाई।

पक्कै पनि थोत्रो साइकल लिएर गल्ली गल्लीका घरघर घुमेर कबाडी बटुल्नु कसैको रहर होइन, बाध्यता हुनुपर्छ। मलाई लाग्छ, सेवा गर्नका लागि आश्रमहरु मात्र धाइ राख्न पर्दैन। सहयोगी मन र सहयोगी हात हामी हरकोहीसँग छ। हरेक श्रमजीवी पसिनाको कदर गर्नुपर्दछ भन्ने कुरा बुझ्न मैले यतिका समय पर्खनुपर्यो। कस्तो अचम्म है, जसले सफा गर्छ ऊ फोहोरी, अनि जसले फोहोर गर्छ ऊ सभ्य अनि सुग्घरी!

कहिलेकाहीँ सोच्छु, हामी केलाई सभ्यता र संस्कार भन्दै हिडिरहेको छौं? एकअर्काको आपसी सहयोगले जुन समाजमा कामहरु चल्ने गर्दछन् त्यही समाजमा पेशा, जात, लिंग, वर्गका आधारमा विभेदहरु व्याप्त छन्। आफ्नै मुलुकमा देशी, भारतीय भनेर हेपिंदा अनि जात वा धर्मको नाममा डेरा नपाउँदाको व्यथा र पीडा कस्तो हुन्छ, त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ।

आफ्नै बाबु तथा ससुराबाट छोरी बुहारी बलात्कृत भएका घटना वा ५ वर्षकी अबोध बालिका बलात्कृत भएर मर्नु परेको घटना समाजमा निरन्तर दोहोरिइ रहेको सुन्न परिरहेको छ। जुन घटनाको कल्पना गर्दा पनि मुटु काम्न थाल्छ हाम्रो। मात्र एक पटक त्यो ठाउँमा आफूलाई राखेर सोचौं न के हालत होला पीडित पक्षको? के हामीमा मानवता हराएकै हो त?

छोरी जन्माएको भनेर माहिलाले कुटाइ खानु, हेला गरिनु अनि सौता व्यहोर्नु सामान्य मानिने वाह हाम्रो सभ्य समाज! दलितसँग लभ पर्यो भनेर बाबुले छोरीलाई गोली हान्न लगाउँछ अनि कथित माथिल्लो ठकुरीकि छोरी विवाह गर्न गएको विश्वकर्मा दलितको छोरोलाई समाजले कुटि कुटि मार्छ। बोक्सीको नाममा दिसा पिशाव खुवाइन्छ।

वृद्ध बाबुआमालाई वृद्धाश्रममा पठाएर छोराछोरी सुखी हुन खोज्छन् जहाँ। आफ्नो विवेकलाई बन्दकी राखेर बुद्ध वाज बर्न इन नेपाल भन्दै नारा लगाउँदै हिड्नु सायद यही होला समृद्ध नेपाल सुखी नेपालीको परिभाषा, जहाँ राजनीतिक आडमा अपराधीले उन्मुक्ति पाउँछन् र न्यायको लागि न्यायालय धाउँदा धाउदै सम्पत्ती सकिएर सडक मै मर्नु पर्छ नागरिकले।

यही त होला नि सभ्यताको परिभाषा अनि विकासका परिसूचक हैन त हजुर?

पेशाको आधारमा एक अर्कालाई होच्याउने, दबाउने र आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति कहिले अन्त्य होला खै? उदाहरणको लागि नेवारलाई बाहुनसँग रीस उठ्यो भने पर्वते, टपरे, काट्टो खाने बाहुन भनेका छन्, बाहुनलाई नेवारसँग रिस उठ्यो भने काँठे\ज्यापू, फोहोरी भनेका छन्। सुन्दा पनि हाँसो लाग्छ।

पेशाालाई जोडेर रिस व्यक्त गर्नुपर्ने कस्तो तरिका हो यो? यसरी रिस व्यक्त गर्दा उनीहरुको रिस शान्त भयो होला त? पक्कै भएन। जतिसुकै पढेर डिग्री, पिएचडी गरे पनि जबसम्म हाम्रो सोचमा परिवर्तन आउँदैन, जबसम्म मेरो गोरुको बाह्रै टक्का भन्दै यस्ता कुरामा अडान लिएर अनावश्क बहस गर्न थाल्छौं, जबसम्म मेरो जात सर्वश्रेष्ठ, मेरो धर्म उत्कृष्ठ भन्दै बहस गर्न छाडिंदैन, तबसम्म समाजिक सम्बन्धहरुमा फाटो आइ नै रहन्छन्।

तर्क गर्दा आफूलाई बुद्धिमानी भएको ठान्ने हामी, आफ्ना गल्तीहरुमा पानी माथिको ओभानो बन्दै वकिल बनिदिने अनि अरुका गल्तीहरुमा सिधैँ न्यायाधीश बनेर फैसला गर्ने जस्ता प्रवृत्ति नै एकअर्काको प्रगतिका बाधक भइदिन्छन्।

कसले कतिबेला के बोल्छ भनेर पासो थाप्ने, कसरी अर्काको खुट्टा तानेर आफूमात्र अगाडि बढ्ने, कसैले गरेको राम्रो कामको तारिफ गर्दा आफू तल पो परिने हो कि भन्ने भ्रमित मानसिकता। हामी यस्तै विषयमा अल्मल्लिएर फुटी रहन्छौं। अनि यसको फाइदा उठाएर विदेशी लुटेराहरुले लुटिरहेको पत्तै पाउँदैनौं। पृथ्वी नारायण शाहले ‘भाइ फुटे गवार लुटे’ त्यसै भनेका होइन रहेछन्।

साठीको दशकमा विकासका आधारमा समान कोरिया र नेपालको विकासक्रमलाई हेर्दा अहिले धर्ती र आकाश जत्तिकै अन्तर छ। यस्तै झिनामसिना विषयहरुमा अल्झिएर नै हामी हाम्रो जीवन बिताइदिन्छौं।

जतिसुकै परिवर्तनकारी आन्दोलनहरु भए पनि गाउँघरमा एक्काइसौं शताब्दीसम्म आइपुग्दा समेत समाजमा तल्लो जात माथ्लो जात भनी छुत अछुतको व्यवहार गर्ने चलन छंदैछ। सहर बजारका सुटिंस एण्ड टेलरिंस, बुटिक्सहरुलाई हाइफाइ व्यवसाय मानिन्छ। तर तिनै सिलाइका काम गर्ने परिश्रमीहरुलाई दलित भनि गाँउघरमा अछुतको व्यवहार गरिन्छ।

सहर बजारमा मेकानिकल इञ्जिनियर भनिनेहरु अझै पनि हाम्रा गाँउघरमा कामी\दलित भन्दै अपहेलित भइरहेका छन्। ब्राम्हण जसले पढेको मन्त्रले जन्मदेखि मृत्युसम्मका संस्कारमा घर चोखो–पवित्र हुन्छ। तर यस्ता महतवपूर्ण पेशा व्यवसाय गर्नेहरु प्रतिको सोच र दृष्टिकोण नकारात्मक छ।

दैनिक जीवनका अत्यावश्यक काम गर्नेहरुलाई सम्मानको दृष्टिले हेर्ने सकारात्मक संस्कारको विकास नभएसम्म हामी समाज विकासको प्रारम्भिक चरणबाट अगाडि बढ्न सक्दैनौं। हरेक प्रकारका श्रमको सम्मान हुनुपर्छ।

सोच्नुस् त फोहर उठाउनेहरुले फोहर नउठाइदिने हो भने, अनि रक्सी खाएर मातेर लडाएका यत्रतत्र छरिएका बोतलहरु, घरका कबाडी सामानहरु कबाडीले नउठाइदिए, हामी कस्तो अवस्थामा हुन्छौं होला!

सृष्टीमा सूर्यको आफ्नै अस्तित्व छ र चन्द्रमाको आफ्नै। सूर्यको प्रकाशले दिनमा चन्द्रमा देखिएन भन्दैमा चन्द्रमाको अस्तित्व कम हुने हो र? अनि रातमा सूर्य देखिएन भन्दैमा चन्द्रमाले मैले सूर्यलाई छेकें भनेर घमण्ड गर्न मिल्ला त? त्यसरी नै समाजमा महिला पुरुष, साना ठूला, धनी गरिब, विभिन्न पेशा व्यवसाय सबैका आ–आफ्नै भूमिका र महत्व छन् जसको एकअर्कासँग तुलना गर्नु उचित हुँदैन।

परिवर्तन संसारको अकाट्य सत्य हो। हाम्रो समाज पनि विश्वव्यापीकरण र सूचना प्रविधिको बढ्दो पहुँच र प्रयोगको कारण तीव्र परिवर्तनको क्रममा छ। नेपाली समाजमा पुस्तौदेखि जरो गाडेर बसेका सोच र संस्कारका बन्धनहरु खुकुलो हुन जरुरी छ।

सामन्ती सोच र संस्कारकै विरुद्धमा नेपालमा धेरै आन्दोलनहरु भएका छन्। पुस्तान्तरणसँगै समाजमा पेशा, लिंग वा जातको नाममा गरिने विभेदका व्यवहारहरु कम हुँदै गएका छन्। जन्मकै आधारमा कसैलाई तल्लो जातको भनेर गरिने व्यवहार अत्यन्तै अमानवीय कार्य हो। यस प्रकारका व्यवहार सुधार्न सचेतना अभियानलाई तीव्र पार्न जरुरी छ।

वास्तवमा हामीले यी सब कुरा नबुझेका होइनौं, बुझ पचाएका मात्र हौं। निदाएका हाइनौं निदाएको अभिनय मात्र गरेका हौं। र, वास्तविकता के हो भने निदाएकोलाई ब्युझाउन जति सजिलो निदाएको बहाना गर्नेलाई ब्युँझाउन हुँदैन। किनकी त्यसको लागि सोच परिवर्तनको आवश्यकता पर्दछ जुन सजिलो पक्कै छैन।

त्यसैले कहिले काहीँ त लाग्छ, मान्छेले जस्तै प्रकृतिले घुर्क्याए भने के होला? सूर्यले म आज घुम्दिनँ भन्यो भने के होला? अरु त अरु, हाम्रै मुटुले म आज चल्दिनँ, मलाई अल्छी लाग्यो भन्यो भनें?

Share16Tweet10SendScan
Previous Post

निधिले भने- कम्युनिष्टसँग मिल्न हुन्न, संसद पुनर्स्थापना गर्न आन्दोलन

Next Post

“मिथिला हमर जान”  पुस १३ मा रिलिज हुदै

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
“मिथिला हमर जान”  पुस १३ मा रिलिज हुदै

"मिथिला हमर जान"  पुस १३ मा रिलिज हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In