एजेन्सी । कोभिड १९ को महामारीमा ‘वर्क फ्रम होम’ एउटा संस्कृतिका रूपमा स्थापित भयो । खोपको उपलब्धता बढेसँगै परिस्थिति केही सहज भएपनि प्रायः सबैले घरैबाट काम गरिरहेका छन्, जसकारण ल्यापटपको प्रयोग बढिरहेको छ ।
तर यो कसैलाई थाहा छैन कि ल्यापटपको धेरै प्रयोगले प्रजनन् स्वास्थ्यमा असर पुर्याउन सक्छ १ दिनैभर ल्यापटपको प्रयोग गर्नाले यसले शरीरमा नराम्रो प्रभाव पुर्याउँछ । ल्यापटपबाट निस्कने तातो हावाले हाम्रो छालालाई असर गर्ने चिकित्सकहरू बताउँछन् । लामो समय यही प्रक्रिया दोहोरिएमा बाँझोपनको समस्या बढ्ने उनीहरूको भनाइ छ ।
यद्यपी ल्यापटपबाट भन्दा त्यसमा जोडिएको वाइफाइबाट बढी जोखिम छ, किनकी रेडिएसनको सम्बन्ध इन्टरनेट कनेक्सनसँग हुन्छ । एक विशेषज्ञले ल्यापटपबाट हुने प्रजनन स्वास्थ्य समस्या र यसबाट बच्ने उपायबारे बताएका छन् ।
विशेषज्ञका अनुसार ल्यापटपको धेरै प्रयोगले स्पर्ममा समस्या पुग्छ । ल्यापटप काखमा राखेर काम गर्ने पुरूषको प्रजनन अंगमा यसले असर पुर्याउँछ । विभिन्न अध्ययन अनुसार ल्यापटपको विकिरणले शुक्राणुको संख्यामा कमि ल्याउँछ । यो समस्याले तपाईँलाई सन्तान सुखबाट बञ्चित गराउन सक्छ । कम्प्युटर उत्पादन गर्ने कम्पनीहरूले पनि काखमा ल्यापटप राखेर काम नगर्न सुझाव दिइरहेका हुन्छन् तर मानिसहरूले यसमा ध्यान दिएको पाइँदैन ।
ल्यापटपको बढी प्रयोगले बाँझोपना हुनु लामो प्रक्रिया हो । यसको धेरै प्रयोगले शुक्रकिटको गणनामा कमि, यसको असामान्य आकार तथा यो बाहिर आउने समस्या हुन्छ । दिनमा १र२ घण्टा मात्रै प्रयोग गर्दा यो समस्या नआउने चिकित्सकको भनाइ छ ।
महिलाको तुलनामा पुरूषमा बढी समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् । खुट्टामा राखेर पनि काम गर्न नहुने चिकित्सकको भनाइ छ । ल्यापटप टेबलमा राखेर काम तथा लामो समयसम्म काम गर्नु परेमा केही समय ब्रेक लिएर गर्न उनीहरूले सुझाएका छन् ।