काठमाडौं। डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् । डा.केसीले चिकित्सा शिक्षा ऐन विपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् । उनले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा डा. केसीले भनेका छन्, ‘सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो ।’
पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र वीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस भइरहेको जनाइएको छ ।