Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोरोना संक्रमणलाई मजाकको रुपमा नलिन भगवती चौधरीको आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
कोरोना संक्रमणलाई मजाकको रुपमा नलिन भगवती चौधरीको आग्रह
66
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा एमालेकी नेतृ सुनसरी इन्चार्ज भगवती चौधरीले कोरोना संक्रमणको दोश्रो भेरियन्ट शक्तिशाली भएको बताउँदै आम जनसमुदायलाई सावधानी अपनाउँदै सुरक्षित रहन आग्रह गरेकी छन् ।

कोभिड–१९ को दोश्रो भेरियन्टले छिमेकी मुलुकसँगै हाम्रो देशपनि आक्रान्त भइरहेको र पछिल्लो एक सातायता मुलुकमा कोरोना संक्रमणको बृद्धिदर २ सय प्रतिशत माथि गइरहेको प्रति जनसमुदायलाई सचेत गराउँदै कोरोना संक्रमणबाट जोगिने एक मात्र उपाय भनेको सामाजिक दुरी रहेको बताएकी छन् ।

‘हिजो मात्रै एकै दिन ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । दैनिक ७ हजारभन्दा माथिमा संक्रमण फैलिइरहेकोले हामीले सावधानी अपनाउनुको विकल्प छैन ।’ पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीले भनेकी छन् ।

नेतृ चौधरीले कोरोना संक्रमणको पहिलो भेरियन्ट लामो समय सामाजिक दुरी कायम गर्दै, लकडाउन गर्दै विताएको स्मरण गर्दै आर्थिक रुपले लकडाउनले मुलुकको अर्थतन्त्रलाई धरासायी बनाएपनि लकडाउन र सामाजिक दुरीले नै कोरोना संक्रमणबाट कसरी बच्न सकिँदो रहेछ भन्ने सिकाएको बताएकी छन् ।

‘लकडाउनले मुलुक र हाम्रो अर्थतन्त्रलाई धरासायी बनायो होला तर, त्यो लकडाउन र सामाजिक दुरीले नै कोरोना संक्रमणबाट कसरी बच्न सकिँदो रहेछ ? कसरी कोरोना संक्रमणको चेनलाई ब्रेक डाउन गर्न सकिँदोरहेछ थाहा पायौं । र, अहिलेको दोश्रो भेरियन्टबाट बच्न पनि सामाजिक दुरी र स्वास्थ्य सुरक्षाको विकल्प देखिएको छैन ।’ चौधरीको भनाई छ ।

कोरोना भाइरसको खोप तयार भएपनि त्यसको प्रभावकारीता अझै परीक्षणकालमा रहेको समेत तर्क गर्दै नेतृ चौधरीले खोप लगाएकाहरुमा पुुनः कोरोना संक्रमण देखिएको र मृत्युसमेत भएको पाइएकोले कोरोना भाइरसलाई मजाकको रुपमा, ख्याल ठट्टाको रुपमा नलिन आग्रह गरेकी छन् ।

जथाभावी हिँडडुल गर्ने, चौकचौकमा भेला भएर गफ हाँक्ने, मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्दा नै आज कोरोना भाइरस समुदाय स्तरमा फैलिएको उनको बुझाई छ । ‘कोरोना भाइरस संक्रमणको चेनब्रेक गर्नका लागि पनि सामाजिक दुरी अपरिहार्य छ । यो बेला घरभित्रै बसेर नियमित साबुन पानीले हात धुने, सेटिाइजर गर्ने, परिवारसँग समय विताउने, आफ्नै घर खेत करेसाबारीमा रमाउने समय हो ।’

उनले विपत्तिको बेला राज्य जनताको अभिभावक बन्न सक्नुपर्ने भन्दै राज्यको ध्यानाकर्षण पनि गराएकी छन् । अहिले राज्यको सबै श्रोत साधन जनताको स्वास्थ्य सुरक्षामा लगाउनु परिरहेको उल्लेख गर्दै चौधरीले कतिपय विकास निर्माण र परियोजनाका बजेटहरु कटाएर स्वास्थ्योपचारमा खर्च गरिएको भएपनि राज्यको ध्यान सबै तहमा पुग्न नसकेको जिकिर गरेकी छन् ।

‘कोरोना संक्रमतिको उपचार गर्न अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर र आइसियूको अभाव छ । दिनदिनै स्वास्थ्यकर्मी समेत मृत्युको मुखमा पुगिरहेका छन् । स्वास्थ्यकर्मीको समुचित व्यवस्थापन र सुरक्षाका लागि राज्यले विशेष ध्यान दिनुपर्छ ।’ चौधरीको भनाई छ ।

राज्यका तीनै तह, स्थानीय, प्रदेश र केन्द्रले आफ्ना सबै शक्ति कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्नुपर्नेमा स्थानीय र प्रदेश सरकारको भूमिका कमजोर भएको पनि बताएकी छन् । ‘जबसम्म स्थानीय सरकार स्थानीय जनताको स्वास्थ्य सुरक्षाप्र्रति उत्तरदायी हुँदैनन् तवसम्म महामारी नियन्त्रणमा आउन सक्दैन । पहिलो भेरियन्टमा स्थानीय, प्रदेश सरकारले जसरी गम्भिरताका साथ काम गरेका थिए, दोश्रो भेरियन्टमा देखिएन ।’ चौधरीले भनेकी छन् ।

आजको दिनसम्म आइपुग्दा कुनैपनि स्थानीय निकायले अब कसरी काम गर्ने योजना नै नबनाएको दाबी गर्दै चौधरीले विपत्तिको बेलामा जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी नहुनु भनेको जनमतको अवमुल्यन गरेको तर्क गरेकी छन् । ‘जनतालाई सत्ता प्राप्तिको भर्याङ मात्र बनाइनु हुन्न ।’

उनले नेपालको खुल्लाा सिमानाका कारणपनि कोरोना संक्रमण दर बढेको औंल्याएकी छन् । नेपालमा देखिएको कोरोना भाइरसको भेरियन्ट मध्ये भारतीय भेरियन्ट बढी शक्तिशाली देखिएको बताउँदै नेपाल–भारतविचको खुल्ला सिमाका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहेको बताएकी छन् ।

‘अब केन्द्र सरकारले भारतसँग जोडिएका सबै प्रकारका खुल्ला सिमानाहरु बन्द गर्नुपर्छ । सिमा क्षेत्रमा आएर बसेका नेपालीहरुलाई पनि त्यहि स्थानहरुमा कोरोना स्वास्थ्य परीक्षण गरी, १४ दिनसम्म क्वारेन्टाइन, आइसोलेसनमा बस्ने व्यवस्था गर्नुपर्छ ।’ यसका लागिपनि स्थानीय निकायको भूमिका बढी जिम्मेवार हुनुपर्ने चौधरीको बुझाई छ । ‘राष्ट्रिय अन्तराष्ट्रिय हवाई मार्ग बन्द गरिएकाले त्यहाँबाट संक्रमण फैलन सक्ने अवस्था नरहेपछि खुल्ला सिमा नाका हाम्रोलागि ठूलो चूनौति हो ।’ चौधरीले भनेकी छन् ।

उनले नागरिक समाजलाई पनि कोरोना संक्रमण रोकथाममा लाग्न र सचेत रहन आग्रह गरेकी छन् । हाम्रो राज्य संरचना, आर्थिक अवस्था र राज्यको श्रोत साधन कुनैपनि विपत्ति नियन्त्रण र रोकथाम गर्न कमजोर भएको उल्लेख गर्दै उनले भनेकी छन्,‘राज्य किन कमजोर भयो पछि विश्लेषण गरौं तर, यो बेला जनताले पनि आफ्नो कर्तव्य पुरा गरौं ।’

अहिले जनताको मुख्य कर्तव्य भनेको सामाजिक दुरी कायम गर्नु रहेको बताउँदै चौधरीले घरभित्रै बसेर कोरोनालाई परास्त गर्न सकिन्छ भने लखरलखर आफ्नो र परिवारको जिउधन खतरामा पारेर घर बाहिर ननिस्कन आग्रह गरेकी छन् । ‘लकडाउनले व्यापार व्यवसाय चौपट भयो भन्दैमा निषेधाज्ञाको उलंघन नगरौं ।’

उनले लकडाउनको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्यका सामग्री कालोबजारी गर्नु राज्यविरुद्धको अपराध भएको तर्क गर्दै मान्छेको जिवन र मृत्युसँग जोडेर कमाएको धनसम्पत्तिको कुनै अर्थ नरहनेपनि बताएकी छन् ।

 

Share26Tweet17SendScan
Previous Post

आइसोलेसन सेन्टरमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने

Next Post

हरिनगरमा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरमा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन

हरिनगरमा ५० शैयाको आइसोलेशन केन्द्र सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In