Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

पाकिस्तानले पनि बनायो कोरोना खोप, नाम राखियो ‘पाकभ्याक’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १९, २०७८
in विश्व, स्वास्थ्य
50
SHARES
Share on FacebookShare on Twitter
पाकिस्तानले चीनको मद्दतमा कोरोनाको खोप (भ्याक्सिन) तयार गरेको छ। पाकभ्याक नाम राखिएको उक्त भ्याक्सिन मङ्गलबार सार्वजनिक गरिएको हो। पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले भ्याक्सिनको उत्पादनलाई क्रान्तिकारी उपलब्धि भनेका छन्।

भ्याक्सिन सार्वजनिक गर्दै मन्त्री उमरले चिनियाँ सहयोगी र भ्याक्सिन विकासमा संलग्न पाकिस्तानी स्वास्थ्यकर्मीको समूहलाई धन्यवाद दिए। पश्चिमा भ्याक्सिनको तुलनामा आफ्ना नागरिकले चिनियाँ भ्याक्सिनलाई प्राथमिकता दिएको पनि उनले बताए।

‘स्वास्थ्यकर्मीले एस्ट्राजेनेका उपलब्ध भएको बताउँदा भ्याक्सिन लगाउन आएकाहरूले सिनोफार्मको माग गर्ने गरेका छन्। जब उनीहरूलाई सिनोफार्म उपलब्ध नभएको बताइन्छ‚ उनीहरू भ्याक्सिन नलगाइ फर्कने गरेका छन्’ उनले भने।

मन्त्री उमरका अनुसार सरकारले आफ्ना नागरिकको प्राथमिकता थाहा पाउन भ्याक्सिनसम्बन्धी सर्वेक्षण गराएको थियो। ‘हामीले सूचीमा सबै भ्याक्सिनको नाम राखेका थियौं‚सिनोफार्म देशभरका मानिसहरूको पहिलो रोजाइमा परेको देखियो।’

उनले अगाडि थपे‚‘तर हामीले पाकभ्याकलाई नै प्राथमिकता दिनुपर्छ‚ किनकी यो हामीले मिलेर तयार पारेका हौं। यो एक प्रकारको क्रान्ति हो।’

कसरी गर्‍यो चीनले मद्दत?

प्रधानमन्त्री इमरान खानका विशेष सहायक डाक्टर फैसल सुल्तानले पाकिस्तानले आफ्ना साथीहरूको मद्दतबाट चुनौतीलाई अवसरमा बदल्ने कोशिश गरिराखेको बताए। ‘कोभिड–१९ को सामना गर्ने क्रममा मित्रराष्ट्र चीन हाम्रो सबैभन्दा नजिक रह्यो’‚ उनले भने।

‘चीनले कच्चा सामग्री उपलब्ध गराए पनि भ्याक्सिनको विकास गर्ने कार्य सजिलो थिएन’‚ सुल्तानले भने। उनका अनुसार केही दिनमै ठूलो परिमाणमा भ्याक्सिनको उत्पादन सुरू हुनेछ।

पाकिस्तानी अखबार डनलाई उधृत गर्दै बिबिसीले जनाएअनुसार चिनियाँ सरकारी फर्मास्युटिकल कम्पनी क्यान्सिनोको मद्दतमा पाकिस्तानले भ्याक्सिनको विकास गरिएको हो। चीनबाट कन्सन्ट्रेटेडरुपमा पाकिस्तान ल्याइ इस्लामावादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) मा प्याकेजिङ गरिने रिपोर्टमा उल्लेख छ।

चीनले विकास गरेको पहिलो भ्याक्सिन क्यान्सिनोको पाकिस्तानमा क्लिनिकल ट्रायल गरिएको थियो। १८ हजार पाकिस्तानी नागरिकमा क्यान्सिनोको परीक्षण गरिएको थियो।

डाक्टर सुल्तानले ट्वीट गर्दै भनेका छन्‚‘एनआइएचमा आजबाट भ्याक्सिन मिलाउने, भर्ने र तयार पार्ने काम सुरू हुँदैछ। आत्मनिर्भरता हासिल गर्ने दिशातर्फको यात्रामा यो एउटा कोशेढुंगा हो।’

पाकिस्तानमा महामारीबाट अहिलेसम्म ९ लाख २२ हजार मानिस संक्रमित भएका छन् भने लगभग २१ हजारको मृत्यु भएको छ।    श्राेत:थाहाखबर

Share20Tweet13SendScan
Previous Post

जसपाबाट निस्कसित महन्थ, राजेन्द्रले हृदयेश त्रिपाठीसँग मिलेर नयाँ पार्टी खोल्ने

Next Post

अवैध औषधि सहित तीनजना पक्राउ

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
अवैध औषधि सहित तीनजना पक्राउ

अवैध औषधि सहित तीनजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In