Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १४, २०७८
in स्वास्थ्य
घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन
34
SHARES
Share on FacebookShare on Twitter

व्यस्त जीवनशैलशी, बद्लिदो खानपिन र बढ्दो उमेरसँगै धेरै व्यक्तिको शरीरको तौल बढ्दै गएको छ। यो नेपालको मात्र नभई विश्वव्यापी समस्या बनिसकेको छ। मोटोपन बढ्दै जाँदा शरीरमा विभिन्न रोगहरु पनि देखा पर्छन्। त्यसैले मोटापन व्यवस्थापनका लागि जडिबुटीको प्रयोग सम्बन्धि कैयन अध्ययन अनुसन्धानहरु  गरिएका छन्।

आयुर्वेदिक तथा परम्परागत जडिबुटीहरु जस्तै पुदिना, अश्वगन्धा, ध्यूकुमारी, लेमनग्रास, सनाईपत्ता, रोजमेरी, गार्सेनिया, पुनरनभा लगायत थुप्रै बनस्पतिहरुको सेवनले शरीरमा अनावश्यक पदार्थ जम्न पाउँदैन। साथै अतिरिक्त चिनीको मात्रा उर्जामा परिणत हुन्छ। विषाक्त पदार्थ बाहिर निस्कन्छ। बोसो पग्लिन्छ र मोटोपन पनि घट्छ। मोटोपन नियन्त्रणका लागि संसारमा कागतीको रस र ग्रिन टी को प्रयोग अत्यधिक हुने गरेको छ। आफ्नो शरीरको संवेदनशीलतालाई पनि ख्याल राख्दै यी जडिबुटीहरु उचित मात्रामा मिलाएर खानुपर्ने हुन्छ। भान्सामा सहजै पाइने वनस्पतिहरुमा केन्द्रित भएर शरीरको मोटोपन नियन्त्रणका विषयमा यहाँ छलफल गरिएको छ।

हरियो चिया (ग्रिन टी)
हालै प्रकाशित एउटा सोधमा उल्लेख गरे बमोजिम ग्रिन टी को लगातार ८ देखि १२ हप्तासम्म करिब एक ग्राम एक्ट्रयाक्ट प्रतिदिनका दरले खाँदा सो अवधिमा ३ दशमलव ५ किलो ग्राम शरीरको तौल र ४ दशमलव १४ सेमी कम्मरको गोलाई घटेको तथ्य युरोपियन जर्नलमा प्रकाशित भएको छ।

ग्रिन टी को गुणस्तरको हिसाबले करिब ८ सय मिलीग्राम क्याटाचीन र न्यून मात्रामा क्याफिन रसायनहरु भएको ग्रिन टी तौल  घटाउन प्रभावकारी पाइएको छ। ‘ग्रिन टी’का पोलीफिनोल रसायनहरुले पेटमा संकलित चिल्लो पदार्थ र ग्लुकोजलाई शरीरको मुख्य प्रणालीमा प्रवेश हुनबाट रोक्छन्।

लगातार तीन महिनासम्म ग्रिन टी सेवन गर्दा शरीरमा एलडीएल कोलेस्ट्रोलको मात्रा घटाउँछ । साथै बोसोलाई उर्जामा परिणत गराई तौल नियन्त्रण गर्छ। सचेत हुन के जरुरी छ भने क्याफिनको मात्रा बढी भएको ग्रिन टी, तौल नियन्त्रणका लागि राम्रो हुँदैन। शारीरिक व्यायाम सुरु गर्नुभन्दा पहिले ग्रिन टी सेवन गर्नाले बोसो घटाउन विशेष मद्दत पुग्छ। मधुमेहका बिरामीहरुका लागि ग्रिन टी अझ बढी प्रभावकारी हुन्छ। राम्रो नतिजाका लागि उल्लेखित पोलीफिनोल प्राप्त गर्न प्रति दिन ३ देखि ४ ग्राम ‘ग्रिन टी’को पात लगातार तीन महिनासम्म पिउनुपर्छ।

जीरा 
जीरा हाम्रो भान्सामा सजिलै पाईन्छ। शरीरको मोटोपन नियन्त्रणका लागि जीरा अत्यन्त प्रभावकारी मानिन्छ। मोटोपन भएका एक सय जना महिलाहरुलाई जीराको रस खुवाई तौल नियन्त्रण भएको तथ्य ईरानका मेडिकल विश्वविद्यालयका प्राध्यापक जोर ले पुष्टि गरेका छन्। जीराको रसले रगत सफा गर्छ। बोसो पगाल्न मद्दत गर्छ। रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ। लीपीड प्रोफाइलका सूचकाङ्कहरु नियन्त्रण गर्छ। पाचन प्रक्रिया वृद्धि गर्छ र विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्छ। करिब २ चम्चा जीरालाई पानीमा भिजाएर रातभरी राख्ने र बिहान उमालेर रस तयार पारी लगातार दुई महिनासम्म खानाले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ। तौल घटाउने उद्देश्यले जीरा पानी खाँदा बिहान खाली पेटमा खानुपर्छ। जीराको रसमा थप दालचिनी, मेथी, कागतीको रस आदी पनि मिसाएर सेवन गर्न सकिन्छ।

तुलसी
तुलसीको काडा केही महिनासम्म नियमित सेवन गर्नाले मोटोपन नियन्त्रण गर्न सकिन्छ। तौल बढी भएका व्यक्तिहरुमा गरिएको अनुसन्धानमा प्रतिदिन १० ग्रामका हिसाबले तुलसी १२ हप्तासम्म खाली पेटमा सेवन गर्दा शरीरको तौल, रगतको बोसो लगायत जीवन रसायनिक सूचकाङ्कहरु नियन्त्रण भएको पाइएको छ। प्रयोगशालामा सोधकर्ताहरुले, तुलसीको रसको प्रयोगले रगत सफा पार्ने, पाचन प्रक्रिया गतिशिल बनाउने र मधुमेशहका बिरामीलाई बढी फाइदा भएको पुष्टि गरेका छन्। दैनिक तुलसी खाँदा शरीरको बोसो घट्ने, शरीरमा लाभदायक सुक्ष्म जीवाणुहरुको विकास हुने, कलेजोको कार्य क्षमता वृद्धि हुने भएकाले बढी भएको तौल घटाउन लाभकारी मानिन्छ। तुलसीको १५–२० वटा पातको काडा पकाई खाली पेटमा खानाले बढी फाइदा हुन्छ।

दालचिनी
साढे एक ग्राम दालचिनीको धूलो दिनको तिन पटक गरी सेवन गर्दा शरीरमा तौल बढाउन सक्ने तन्तुहरुलाई नियन्त्रण गर्ने तथ्यहरु विभिन्न सोधहरुमा फेला परेका छन्। यसको पेय बनाएर सेवन गर्दा कम्मरको चौडाई घट्ने, रगतमा लिपीडको मात्रा कम हुने, बोसो पग्लिने जस्ता लाभहरु प्राप्त गर्न सकिन्छ।  मधुमेहका बिरामीहरुमा दालचिनीले इन्सलिनको मात्रामा सुधार ल्याएको तथ्य अस्ष्ट्रेलियामा भएको अनुसन्धानमा फेला परेको थियो। यसमा पाइने पोलीफिनोलिक यौगिकहरुले शरीरमा चिल्लो पदार्थको अवशोषणलाई रोक्छ। दालचिनीको आधा चम्चा धूलो एक कप पानीमा उमालेर पिउनुपर्छ। यसलाई दिनमा तीन पटकसम्म पिउनाले मोटापन नियन्त्रणमा बढी फाइदा पुग्छ।

धनिया
धनियाको दानामा प्रशस्त मात्रामा मिनरल, भिटामिन, फाइटोस्टेरोल लगायतका रसायनहरु पाइन्छ। शरीरको मोटोपन नियन्त्रणका लागि यी रसायनहरुको प्रमुख भूमिका हुन्छ। धनियाको दानाको रसले पाचन क्रियालाई मजबुत बनाउने, कलेजोको कार्यलाई सहयोग गर्ने, कोलेस्ट्रोलको मात्रा कम गराउने र साथ साथै तौल बढाउने तन्तुहरुलाई वृद्धि हुनबाट रोक्छ।  एउटा अनुसन्धानमा जम्मा ८० जना मोटोपन भएका व्यक्तिहरुमा दैनिक २ ग्रामका दरले ४० दिनसम्म धनिया प्रयोग गर्दा शरीरको उचाईको अनुपातमा तौल, कोलेस्ट्रोल, टिजी, एलडीएल आदि घटेको पाइएको छ। दुई चम्चा धनियाको दाना, एक गिलास पानीमा रातभरी भिजाउने र त्यसलाई छानेर बिहान खाली पेटमा ७५ दिनसम्म खानुपर्छ। धनियाको पातबाट तयार पारिएको रस पनि प्रयोग गर्न सकिन्छ। साथै लसुन  वा कागतीको रससँग मिसाएर खाँदा अझ प्रभावकारी हुने कुरा कृषि विश्वविद्यालय पाकिस्तानका सोधकर्ताले उल्लेख गरेका छन्।

मेथी
शरीरमा सञ्चित हुने चिनीलाई मेथीले घटाउँछ र बोसो को रुपमा परिणत भएर जम्मा हुन दिँदैन। एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा रातभरी भिजाएर राख्ने र बिहान खाली पेटमा पानी सहित चपाएर खानाले मोटापन नियन्त्रण हुन्छ। साथै अन्य धेरै रोगहरुका लागि यो लाभदायक मानिन्छ। तौल व्यवस्थापनको प्रयोजनका लागि मेथीको सेवन कम्तीमा १५ दिन र बढीमा ९० दिनसम्म गर्न सकिन्छ। मेथीको दानामा पाइने अघुलशील रेसाहरुले शरीरमा जम्मा भएका विषाक्त पदार्थहरुलाई बाहिर निकाल्छ र तौल नियन्त्रण गर्न सहयोग गर्छ।

लसुन
मोटोपन भएका ४० जना व्यक्तिहरुमा एक सय मिली ग्राम प्रति केजी शरीरको तौलका हिसाबले दिनको दुई पटक गरी काँचो लसुन लगातार चार हप्तासम्म प्रयोग गर्दा पेटको गोलाई, कम्मरको चौडाई, भुँडीको जमेको बोसो, कोलेस्ट्रोल, शरीरको कुल तौल, घटेको कुरा भारतको यस.पी मेडिकल कलेजका सोधकर्ताहरुले पत्ता लगाएका छन्। लसुनमा पाइने फिनोलीक, सल्फर र टरपीन जस्ता रसायनहरुले शरीरको बोसो पगाल्न मद्दत गर्दछ र टिजी पनि कम गर्छ । लसुन-पानीमा कागतीको रस पनि मिसाएर खाएमा तौल नियन्त्रणका लागि प्रभावकारी हुन्छ।

अदुवा
अदुवाको नियमित सेवनबाट मोटोपन नियन्त्रण गर्न सकिने कुरा थुप्रै अध्यननहरुले प्रमाणित गरेका छन्। अदुवालाई पानीमा पकाएर खाली पेटमा खानाले पाचन प्रक्रिया र जीव रसायनिक प्रक्रियालाई गतिशिल बनाउँछ। मोटोपन भएका ८० जना महिलाहरुलाई दुई ग्राम अदुवा प्रति दिनका दरले ८ देखि १२ हप्तासम्म खान लगाई एउटा अनुसन्धान गरिएको थियो। त्यसमा ती व्यक्तिहरुको तौल घटाउन अदुवा उपयोगी भएको पाइएको छ। अदुवालाई काँचो वा पानीमा उमोलर अन्य जडिबुटीहरुसँग मिसाएर, कागतीको रस राखेर चियाको रुपमा समेत खाली पेटमा खाँदा बढी प्रभावकारी हुन्छ। अदुवाको सेवनले रगतमा चिनिको मात्रा नियन्त्रण गरिदिन्छ र बोसो बन्न पाउँदैन। अदुवाको नियमित सेवनगर्दा आफ्नो शरीरको  संवेदनशीलतालाई ख्याल गर्नुपर्छl

बेसार
बेसारले शरीरको औसत तौल, टिजी, कोलेस्ट्रोल आदि नियन्त्रण गरेको पाइएको छ। बेसारको धूलो २१ सय मिलि ग्राम प्रति दिनका दरले आठ हप्तासम्म खाँदा मधुमेहका बिरामीलाई समेत फाईदा पुगेको छ। मनतातो पानीमा एक चम्चा बेसार राखेर घोल्ने र बिहान खाली पेटमा सेवन गर्नाले पेट तथा कम्मरको बोसो पगाल्न मद्दत गर्दछ। कागतीको रस पनि मिसाएर खान सकिन्छ। यसले शरीरमा सञ्चित विषाक्त पदार्थ बाहिर निस्कन्छ। कुरकुमीन नामक यौगिकको मोटोपना नियन्त्रणमा प्रमुख भूमिका हुन्छ। यसले मोटोपन वृद्धि गराउने तन्तुहरुको विकास नियन्त्रण गर्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ।

सोंफ
सोंफले पनि  पाचन क्रियाको सुधार र कलेजोको कार्यक्षमता वृद्धि गराउँछ। पाचन क्रियामा सुधार आउना साथ शरीरले खाद्य पदार्थलाई सजिलै उर्जामा परिणत गराउँछ र तौल बढ्न दिदैन। मोटोपन भएका महिलाहरुमा दक्षिण कोरियामा सन्  २०१५  मा गरिएको अध्ययनले सोंफको प्रयोग गर्दा खानाको भोक घटेको पाइएको छ। दुई चम्चा सोंफलाई रातभरी पानीमा भिजाएर राख्ने वा सिधै पानीमा उमालेर त्यसको रस दैनिक रुपमा खानाले शरीरको तौल कम हुन्छ। सकेसम्म बिहान खाली पेटमा, यो संभव नभए बेलुका सुत्नुभन्दा पहिले पिउन सके राम्रो हुन्छ।

कागती
कागती शरीरको तौल नियन्त्रणका लागि अति प्रभावकारी मानिन्छ। दक्षिण कोरियामा गरिएको एउटा अध्ययन अनुसार १४० ग्राम कागतीको रस, १४० ग्राम निबुवाको रस दुई लिटर पानीमा मिसाई लगातार ११ दिनसम्म खाँदा शरीरको बोसो घटेको, कम्मरको चौडाई कम भएको र कुल तौल पनि घटेको पाइएको थियो। मनतातो पानीमा एउटा सिंगो कागतीको रस, स्वादका लागि पुदिना र थोरै मात्र गुंण राखेर बिहान खाली पेटमा खानाले तौल घट्छ। त्यसका साथै कोलेस्ट्रोल, एलडीएल र रगतमा चिनीको मात्रा पनि नियन्त्रण गर्छ। माथि उल्लेख गरिए जति कागतिको रस प्राप्त गर्न  कम्तीमा ५ देखि ७ वटासम्म कागती दैनिक सेवन गर्नुपर्ने हुन्छ। अलि बढिनै परिमाणमा सेवनगर्दा आफ्नो शरीरको    संवेदनशीलतालाई ख्याल गर्नुपर्छ l

ज्वानो
एक चम्चा ज्वानोको दाना एक गिलास पानीमा भिजाएर लगातार आठ हप्तासम्म खाली पेटमा खानाले तौल नियन्त्रण गर्छ भन्ने तथ्य सोधपत्रहरुमा प्रकाशित भएका छन्। यसले पाचन प्रक्रिया बलियो बनाउँछ। शरीरमा बढी हुन गई सञ्चित हुन सक्ने पदार्थहरुलाई बाहिर निकाल्छ। बढीमा दुई चम्चासम्म रस सेवन गर्नाले शरीरको मोटोपना नियन्त्रणमा आउँछ।

अतः मोटोपन जस्तो जनस्वास्थ्यको समस्याबाट जोगिनका लागि माथि उल्लेखित गरिएका हाम्रै भान्छामा सहजै उपलब्ध हुने प्राकृति जडिबुटीहरु हुन्। मोटोपन बढ्दै जानु एक जटिल प्रक्रिया पनि भएकाले शारीरिक व्यायाम, पूर्ण निद्रा, सकारात्मक सोच, सन्तुलित खाना आदिले शरीरको जीव रसायनिक प्रक्रियालाई गतिशिल बनाउँछ र तौल नियन्त्रणका लागि मद्दत पुर्‍याउँछ। मोटोपन बढनु एक जटिल प्रक्रिया पनि भएकाले यी प्रयास मात्र पर्याप्त नहुन पनि सक्छन्। यी प्राकृतिक विकल्पहरुका साथसाथै सरल र स्वस्थ्य जीवनशैली पनि उत्तिकै जरुरी छ।

(डा राजेन्द्र ज्ञवाली जडिबुटी विज्ञ  हुन्।)

Tags: मोटोपनसहजै घटाउन सकिन्छ मोटोपन
Share14Tweet9SendScan
Previous Post

भोलिदेखि साफ च्याम्पियनसिप सुरु, मैदानमा नतिजाका लागि लड्ने कप्तान किरणको भनाई

Next Post

महिला संगठनलाई बलियो बनाउनेछु: उपसभापति दाहाल

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
महिला संगठनलाई बलियो बनाउनेछु: उपसभापति दाहाल

महिला संगठनलाई बलियो बनाउनेछु: उपसभापति दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In