Tuesday, May 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २८, २०७८
in स्वास्थ्य
जाडोमा गरिने यी ७ गल्ती, जसले निम्त्याउँछ स्वास्थ्यमा समस्या
44
SHARES
Share on FacebookShare on Twitter
मौसमी परिवर्तनले हाम्रो शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। रुघा, खोकी, एलर्जी र ज्वरो असामान्य घटना होइन। कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बन्छौँ। जसका कारण हामीले जानीनजानी विभिन्न स्वास्थ्य समस्या निम्त्याएका हुन्छौँ। चिसोमा हामीबाट हुने सामान्य गल्ती:

थोरै पानी पिउने
निश्चय नै गर्मी मौसममा जस्तो जाडोमा हामीलाई तिर्खा लाग्दैन। तर, जाडोसँग तिर्खाको कुनै सरोकार छैन। जाडो मौसममा थोरै शारीरिक गतिविधि गर्ने भएकाले हामी कम तिर्खा लाएको महसुस गर्छौं। बेलायतको डायबेटिक एसोसिएसनका अनुसार हाइड्रेड रहन जाडोमा हाम्रो शरीरलाई दैनिक दुई लिटर पानी आवश्यक पर्छ। डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्नेलगायत समस्या उत्पन्न हुन्छ। जाडो मौसममा अत्यधिक तातो पानी पिउनु हुँदैन। त्यस्तै, चिसो भन्दैमा अत्यधिक कफिनयुक्त खाना पनि खानु हुँदैन।

बढी लुगा लगाउने
जाडोबाट बच्न हामीले न्यानो जाकेट, स्विटर र अन्य बाक्ला लुगा लगाउँछौ। तर, धेरै लुगा लगाउनु पनि जाडोबाट बच्ने उत्तम उपाय भने होइन। अत्यधिक लुगाले बढी गर्मी हुने शरीरमा पसिना आउन सक्छ। जब पसिना पग्लिएर फैलन्छ, यसले हामीलाई झन् चिसो बनाउँछ। तसर्थ जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने तर धेरै लुगामाथि लुगा लगाउनु हुँदैन।

हातमा पन्जा र खुट्टामा मोजा
जाडोबाट बच्न हातमा पन्जा र खुट्टामा मोजा लगाउनु नराम्रो होइन। तर, चिसोलाई जित्ने नाममा जितबेला पनि लगाएर बस्नु भने राम्रो होइन। कुनै पनि मौसमसँग अभ्यस्त हुन हाम्रो हात र खुट्टा मात्र सहज अंग हुन्। हात र खुट्टालाई पनि ढाकेर बस्नुको अर्थ वायुमण्डलमा भएको वातावरणीय परिवर्तनलाई अंगीकार गर्न हामीले हाम्रो शरीरलाई अवरोध गरेका छौँ भन्ने अर्थ लाग्छ। जाडोमा मोजा लगाएर कहिल्यै पनि नसुत्नुहोस्। यसले मुटुबाट जोर्नीमा हुने रक्त प्रवाह र रक्त सञ्चालनमा प्रभाव पार्छ। कसिलो मोजा लगाएर सुत्दा जोर्नीमा रगत जम्ने खतरा हुन्छ।

आनन्दका लागि खाने
तौलका बारेमा सबैभन्दा ध्यान दिने भनेको जाडो मौसममा हो। जाडोबाट बच्न हामी मीठा मीठा र बढी चिल्लो, प्रोटिनयुक्त र जंक फुडलगायत खानेकुरा खाने गर्छौं। जाडोको समयमा हाम्रो शरीर पनि अल्छी बन्छ। हामीमध्ये धेरैजसो काम गर्न झन्झट मान्छौँ। शारीरिक गतिविधि कम गर्छौं, हिँड्ने र व्यायाम गर्ने भन्दा पनि जतिखेर पनि सिरकभित्रै बस्न मन पराउँछौँ। यो राम्रो बानी होइन। जाडोको समयमा न्यानो बन्न ताजा खानेकुरा विशेषगरी फलफूल र सागसब्जी खानुपर्छ। मौसमी फलफूल जस्तै ः सुन्तला, अनार, बदाम इत्यादि खाएर पनि ज्यान तताउन सकिन्छ।

बढी सुत्ने
जाडोको समयमा हामी बढी सुत्न खोज्छौँ किनभने ब्ल्यांकेटभित्र छिर्नेबित्तिकै स्वाभाविक रुपमै निद्रा आउँछ। बिहान पनि हामी अबेरसम्म बेडमै सुत्न मन पराउँछौँ। त्यतिमात्र होइन, बिहानको खाना खाएपछि दिउँसो पनि घाम देखेपछि झुपुक्क सुतौँ जस्तो लाग्छ। अझ भनौँ, घाम छोड्नै मन लाग्दैन। जाडो सकिनेबित्तिकै सामान्य अवस्थामा फर्किन हामीले निकै प्रयत्न गर्नुपर्छ।

भित्रै बस्न मन पराउने
घाम लाग्दा घाम छोड्न मन नलागे पनि बिहान–बेलुकी अधिकांश समय भित्रै बस्न मन पराउँछौँ। बाहिर हिउँ परेका बेला भित्र बस्नु राम्रो कुरा हो। तर, बादल लाग्नेबित्तिकै जाडो मौसममा अधिकांश मानिस निष्क्रिय भएर भित्रै बस्न वा भट्टी पसलमा गएर ज्यान तताउन मन पराउँछन्। यो पनि राम्रो आदत होइन। जाडो मौसममा पार्कतिर घुम्दा वा काममा व्यस्त हुँदा रक्त सञ्चार तीव्र हुनुका साथै तपाईंलाई स्वाभाविक रुपमा न्यानो हुन्छ।

अनावश्यक क्रिम र लोसनको प्रयोग
जाडोमा हामीले गर्ने अर्को गल्ती नानाथरी क्रिम र लोसनको प्रयोग हो। छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन। जथाभावी लोसन दल्दा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ।
श्रोत :swasthyakhabar.com

Share18Tweet11SendScan
Previous Post

कांग्रेसको संगठन सुदृढिकरण र जनता सेवा गर्न मेरो उम्मेदवारी : सभापति अन्सारी

Next Post

वराहक्षेत्रमा कात्तिके मेलाको तयारी

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
वराहक्षेत्रमा कात्तिके मेलाको तयारी

वराहक्षेत्रमा कात्तिके मेलाको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In