Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

मृगौलाको पत्थरी हुँदा के-के नखाने ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २१, २०७७
in स्वास्थ्य
मृगौलाको पत्थरी हुँदा के-के नखाने ?
41
SHARES
Share on FacebookShare on Twitter

ड. हेमराज कोइराला
खनिजतत्व र नुन आदिबाट मृगौलामा बनेकोे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ । हुन त मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेवार छन् ।

हामीले खाने खानेकुराहरूको भूमिका ती सबै कारक तत्वहरू
मध्ये मुख्य मानिएको छ । मृगौलाको पत्थरी हुँदा के खाने वा नखाने भनेर निक्र्यौल गर्नुभन्दापूर्व हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाहा पाउनुपर्ने हुन्छ ।

किनकि हामीले एक खालको पत्थरीको लागि राम्रो खानेकुरा अर्को खालको पत्थरीको लागि नराम्रो हुन सक्छ । यसर्थ मृगौलाको पत्थरी हुँदा चिकित्सकलाई सोधेर कस्तो किसिमको पत्थरी हो भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ ।

एकचोटि पत्थरीको प्रकृति निक्र्यौल गरिसकेपछि मात्र के खाने र के नखाने भनेर छुट्याउनुपर्ने हुन्छ ।

पत्थरीका प्रकार : मृगौलामा बन्ने पत्थरी मूलतः चार प्रकारका छन् ।

 

१. क्याल्सियम अक्जेलेट पत्थरीः

२. क्याल्सियम फस्फेट पत्थरीः

३. युरिक एसिड पत्थरीः

४. सिस्टिन पत्थरीः

क.  क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने ?

यो पत्थरी धेरै व्यक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसाबमा निहित क्याल्सियमसँग अक्जेलेटमिलेर अघुलनशील क्रिस्टल बनाएपछि हुने गर्छ । क्याल्सियम र अक्जालेट दुवै हामीले खाने धेरै खानेकुराहरूमा पाइने गर्छ । यीमध्ये क्याल्सियम हाम्रो शरीरका लागि चाहिने तत्व हो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन । यसर्थ क्याल्सियम अक्जेलेट पत्थरी हुन नदिनको लागि मुख्यतः उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निषेध वा कम गर्नुपर्छ । यसैगरी शरीरमै अक्जेलेट बन्न मद्दत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नुपर्ने हुन्छ ।

१.  उच्च अक्जेलेट भएका खानेकुराहरूः

– पालुङ्गो

– भाण्टा

– काजु, पिस्ता र बदाम।

-कालो अङ्गुर

-च्याउ

– फर्सी

– काक्रो

– टमाटर

-अमला

– मिसो सुप।

-बोक्रा सहितको आलु।

-चुकन्दर।

-कोका पाउडर

-भिण्डी

-फ्रेन्चफ्राइ

-रास्पबेरी

-स्टेभिया

-सुठुनी

२. चर्को नुन हालिएका खानेकुराहरूः चाहिनेभन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसाबको रूपमा बाहिर गइरहेको पानीलाई पुनःअवशोषण गरी पिसाबलाई बाक्लो बनाउने गर्छ । यसो हुँदा पिसाबमा क्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसँग संयोग भई क्याल्सियम–अक्जेलेट क्रिस्टल बन्ने गर्छ । यसर्थ मृगौलाको पत्थरीबाट बच्नका लागि उच्च मात्रामा नुन हालिएको, अजिनोमोटो हालिएका एवं तारे-भूटेको, चटपटे, फ्राइडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेवन गर्नुहुँदैन।

३. प्राणीजन्य खानेकुराहरूः माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्त प्रोटिनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउँछ । यसर्थ जनावरजन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दूध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नुहँुदैन ।

४. उच्चमात्रामा भिटामिन सीको सेवनगर्ने गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरी उच्च पत्थरी बनाउन मद्दत गर्छ । यसर्थ प्रतिदिन भिटामिन सीको सेवन ५०० मिग्रा भन्दा ज्यादा हुनुहँुदैन ।

ख. क्यालसियमफस्फेट पत्थरीमा के नखाने ?

पिसाबमा भएको क्याल्सियमले जब पिसाबमै भएको फस्फेट मिनरलसँग संयोगगरी बनाएको पत्थरीलाई क्याल्सियम फस्फेट पत्थरी भन्ने गरिन्छ ।

क्याल्सियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन् तर उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन् । जस्तै,

१. माछा, मासु अण्डा जस्ता जङ्गम खाद्यः प्राणीबाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाइन्छ । खाएको फस्फोरस रगत हँुदै पिसापमा उत्सर्जित हुँदैगर्दा क्याल्सियमसँग प्रतिक्रिया गरेर क्याल्सियम फस्फेटको क्रिस्टल बनाउने गर्छ ।

२.दूध, दही, मही, चिज, पनिर, बटर जस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाइने हुँदा पत्थरी बनाउन मद्दत गर्छ,

३. सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च श्रोतहरु हुन् ।

४.जङ्कफुडः जंङ्कफुडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ । यसैगरी स्वाद बढाउन र आकर्षक बनाउनको लागि पनि फस्फोरस प्रयोग गरिन्छ । यसर्थ जङ्कफुड, फास्टफुड, प्रोसेस्ड फुड, केनफुट आदिको सेवन गर्नुहँदैन ।

५.  चर्को नुनको सेवनः उच्च मात्रामा नुनको सेवन गर्नेगर्दा यसले पिसाबलाई बाक्लो बनाउने हुँदा क्याल्सियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाइदिन्छ ।

ग. युरिक एसिड पत्थरी हुँदा के नखाने ?

रगतमा युरिक एसिडको मात्रा बढेसँगै युरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ । यसर्थ युरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू नखानुहोला ।

१. माछा-मासुः युरिक एसिड पत्थरी भएका र युरिक एसिड बढेकाहरूले रातो मासु, फलमासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्कीको मासु, मुुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्रीअङ्गको मासु खानुहुँदैन, रातो मासु र भित्री मासुमा प्युरिन न्युक्लिकअम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।

२ . समुन्द्री खाद्यान्नः विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातिका माछाहरु र अन्य समुन्द्री वनस्पतिहरूबाट निर्मित खानेकुराहरूमा प्युरिन न्युक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिड बढ्छ र युरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।

३. मदिरा – युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्विस्की, रम जस्ता अल्कोहलिक पेय सेवन सर्वथाबर्जित छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्रा बढाउनुको साथसाथैै शरीरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन हुन पनि रोक्छ ।

४. कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डाजस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले युरिक एसिडलाई बढाउँछ । फुक्टोज–स्वीटन्ड–ड्रिङ्कस मह पानी, सोडापानी पानी युरिक एसिडका लागि राम्रो होइन ।

यी पेयहरूमा प्रचुर मात्रामा फ्रुक्टोज पाइन्छ । फ्रुक्टोजले एटीपीलाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल – गेडागुडीः– दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्युरिन न्युक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिक एसिड बन्छ र युरिक एसिड पत्थरी हुन सक्दछ ।

६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेँडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्युरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेटको मात्रा पनि ज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारीको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होइन ।

७. जङ्क फुड – जंकफुड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफुडमा हालिएको प्रिजरभेटिभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृतिलाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादाखादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउँछ र पत्थरी बन्दछ।

८.अचार (पुरानो) तामा, गुन्द्रुक सिन्की पनि युरीक एसिडका लागि राम्रो होइन । यस्ता खानेकुराको सेवनले रगतमा युरिक एसिड बढाएर युरिक एसिड पत्थरी बन्न सहयोग गर्छ ।

घ. सिस्टिन पत्थरी हुँदा के नखाने ?

प्रोटिन बनाउन प्रयुक्त हुने सिस्टिन एमाइनो एसिडको रक्त मात्रा ज्यादा भएर पिसाबमा उत्सर्जित भएर बन्ने सिस्टिन पत्थरी अन्य पत्थरीभन्दा आकारमा ठूलो हुने गर्छ ।

एकपछि अर्को बनिरहने गर्छ । यस किसिमको पत्थरीको मुख्य कारण सिस्टिनरिया भन्ने आनुवांशिक रोग हो । यद्यपि खानेकुराहरूको पनि सिस्टिन पत्थरी गराउनमा विशेष भूमिका हुन्छ ।

माछा, मासु, अण्डा, दूध, दही, चीज, पनिर जस्ता जङ्गम श्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्छ । यसैगरी अत्याधिक नुन हालिएका खानेकुराहरू जस्तै आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिस्टिन्युरीयालाई बढाउँछ ।

यसैगरी कम पानी पिउनेहरूलाई पनि सिस्टन पत्थरी हुने सम्भावना रहन्छ । पानी कम पिउँदा पिसाबको अम्लता बढेर पत्थरी बन्ने गर्छ ।

Tags: मृगौलाको पत्थरी
Share16Tweet10SendScan
Previous Post

प्रदेश नं २ मा नेकपाको संसदीय दलमा महतो, मण्डललाई हटाइयो

Next Post

दक्षिण अफ्रिकाद्वारा श्रीलंकामाथि क्लिन स्वीप

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
दक्षिण अफ्रिकाद्वारा श्रीलंकामाथि क्लिन स्वीप

दक्षिण अफ्रिकाद्वारा श्रीलंकामाथि क्लिन स्वीप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In