Friday, July 18, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home पत्रपत्रिका

बलिदानी दिवसलाई कसरी सम्झने ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ५, २०७७
in पत्रपत्रिका
बलिदानी दिवसलाई कसरी सम्झने ?
32
SHARES
Share on FacebookShare on Twitter

नेपालको अन्तरिम संविधानमा संघीयता समावेश नभइकन संविधान जारी भएपछि मधेसीहरुले माईतीघर मण्डलवाट सुरुवात भएको मधेश जनविद्रोहको क्रममा २०६३ को माघ ५ अर्थात आजैको दिन रमेश महतोको लहानमा बलिदान भएको थियो ।

माओवादी कार्यकर्ताले चलाएको गोली लागेर १७ वर्षीय रमेश महतो मारिएपछि त्यसपछि आगो झैं सल्किएको आन्दोलनले हरेक मधेसीहरुलाई आन्दोलित बनाएको थियो । राज्यको संयन्त्रबाट डराउने र सुरक्षाकर्मी देख्दा घरभित्र लुक्ने मधेसी महिलाहरु पनि हातमा कुचो लिएर सडकमा आएका थिए, राज्यबाट शदियौंदेखि भएको भेदभावको विरोध गर्न ।

रमेश महतोको शहादतले दर्जनौं अन्य मधेसीलाई भेदभावविरुद्ध लड्न प्रेरणा दिएको थियो । पहिचान, समावेशिता, समान प्रतिनिधित्व र समानताको अधिकारको लागि मधेसमा सम्भवतः उठेको सबैभन्दा शाक्तिशाली आन्दोलन नै यही थियो । यही आन्दोलनले अन्तरिम संविधानको धारा १३८ मा संघीयतालाई प्रत्यभूत गरेको थियो ।

प्रथम मधेस आन्दोलन नै दोस्रो र तेस्रो मधेस आन्दोलनको प्रेरणा स्रोतको रुपमा रह्यो । मधेस आन्दोलनका कारण नै आज मधेसीहरुले काठमाडौं र अन्य पहाडी भेगमा निर्धक्कसाथ आफ्नो भाषामा कुरा गर्न सक्छन् । मधेस आन्दोलनकै कारण आज मधेसीहरुले शदियौंंदेखि काठमाडौं र पहाडी क्षेत्रमा भोग्ने भेदभावमा कमी आएको छ । मधेसीहरुले आफ्नो पहिचान, समावेशिता र समान अधिकारको लागि अझै पनि ठूलौ संघर्ष गर्न बाँकी नै छ ।

तर मधेस आन्दोलनकै कारण मधेसीहरु समान नेपाली हुन पाएका छन्। पञ्चायत कालमा र २०४६ को वहुदलपछि पनि मधेसीहरुलाई काठमाडौंमा धोती, भैया र भारतीय भनेर हेप्ने चलन व्यापक थियो । गजेन्द्र नारायण सिंहले नेतृत्व गरेको सदभावना पाटीैले खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा ढुंगा हानिएको र ऋतिक रोशन घटना प्रकरणमा मधेसीहरुलाई आक्रमणको शिकार बनाएको घटना अझै पनि हाम्रो मानसपटलमा ताजै छ ।

२०६२/६३ को जनआन्दोलनपछि भएको मधेस आन्दोलन मधेसीहरुले देशभित्र शदियौँ देखि भोग्दै आएको भेदभाव र अपमानविरुद्धको भावनात्मक विस्फोट थियो । बलिदानी दिवसलाई हामीले यसरी सम्झ्नु उचित हुन्छ ।

अन्तरिम संविधान पछि बनेको नेपालको संविधान, २०७२ मा धेरै कमजोरीहरु रहेका छन् । खासगरी संघीयता, समावेशिता पहिचान र समान प्रतिनिधित्वको क्षेत्रमा तर पनि यो संविधानले मधेसी र पछाडि परेका अन्य वर्ग तथा समूहहरुलाई माथि उठाउनका लागि केही सकारात्मक व्यवस्थाहरु अंगीकार गरेको छ ।

अहिले भएको उपल्ल्बध जोगाउने र सँर्घष जारी राख्ने हो । आज राज्यका सबै अंगहरुमा मधेसीहरुले समानुपातिक प्रतिनिधित्व प्राप्त गर्न सकेको छैन, तर जे भए पनि हिजोको भन्दा आज सरकारी अड्डाहरुमा मधेसी अनुहारहरु केही संख्यामा देखिन थालेका छन् ।

हिजोको भन्दा आज संसदमा मधेसी प्रतिनिधिहरुको संख्या आज बढी छ । हिजोको भन्दा आज मधेसी महिला र अन्य महिलाहरुको प्रतिनिधित्व राज्यका तीनै आंगमा बढेको छ ।

मधेस आन्दोलनपछि राज्यका तीन मुख्य जातीय समूहहरुमा –पहाडी, जनजाति तथा मधेसी समुदायमा अब मधेसी समुदायलाई वेवास्ता गरेर राज्य आगडि बढ्न सक्दैन । मधेसी समुदायले आफ्नो अधिकार प्राप्त गर्नको लागि दृढतापूर्वक अभिव्यक्त गर्नमा पनि बलिदानी दिवस र मधेस आन्दोलनको योगदान छ ।

तर मधेस आन्दोलनले परिकल्पना गरेको पहिचान, समान अधिकार र समावेशिता अझै पनि मधेसी, जनजाति, दलित, महिला र बन्चितीकरणमा परेका समाजका अन्य वर्ग र समुदायले पाइसकेका छैनन् । सँर्घष र मधेश बलिदानीले लाएको संघियता मुलधारेहरुको नकारात्म रवैयाका कारण ठूलो चुनौती अझै कायम छ । प्रदेशहरुलाई अधिकार नदिने चुनौती अझै पनि कायम छ ।

अर्कोतिर मधेसीहरुले समानुपातिक प्रतिनिधित्व अझै पनि पाउन सकेको छैन । वर्तमान संविधानले अन्तरिम संविधानको संख्याभन्दा बढी जातीय र वर्गीय कलस्टर थपेका कारण मधेसीहरुको समानुपातिक प्रतिनिधित्वमा असर पर्ने देखिन्छ । अर्कोतिर आन्दोलनले मधेसीहरुको भाषिक स्वायत्तताको कुरा उठाए पनि केन्द्र र प्रदेशमा भाषिक वुहलताको अवस्थामा अझै पनि ‘चनौती कायम नै छ ।

नागरिकताको सवालमा नयाँ कानून नबनेको कारण नागरिकहरु वर्षौदेखि नागरिकता पाउनबाट बन्चित नै रहेका छन्, अर्कोतिर नेपालको संवैधानिक इतिहासले आजसम्म नलगाएको संवैधानिक बन्देज वर्तमान संविधानले अंगीकृत र जन्मसिद्ध नागरिकहरुलाई लगाएको छ ।

यी कुराहरुमा मधेसी र अन्य जोकोही पनि जो समानता र समावेशी लोकतन्त्रको पक्षधरहरु थप अधिकार पाउनको लागि आगामी दिनहरुमा एकवद्ध भएर संघर्ष गर्न जरुरी छ । मधेसीहरुको बलिदानी दिवसलाई दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले चलाएको आन्दोलन र अमेरिकामा मार्टिन लुथर किंगले चलाएको आन्दोलनकै स्वरुप हो ।

Share13Tweet8SendScan
Previous Post

तटबन्ध रोक्न माग गर्दै ज्ञापन पत्र

Next Post

प्रदेश सांसदद्वारा अग्निपीडितलाई जस्तापता

Related Posts

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न
FEATURE

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

by सुनसरी अनलाइन
अशोज २, २०८०
0

सुनसरी । संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सुनसरीको इनरुवा नगरपालिकामा आज बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको...

पत्रपत्रिका

सृजना समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न ।

by सुनसरी अनलाइन
फाल्गुन २१, २०७९
0

. पारसमणी यादव । सृजना समाजको इनरुवा–५ बलाहा स्थित शनिवार एक कार्यक्रम विच खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...

फाल्गुन २१, २०७९
सर्वोच्च अदालतको आदेशलाई पर्खेका छौं : कार्की

सर्वोच्च अदालतको आदेशलाई पर्खेका छौं : कार्की

पुस १८, २०७७
Next Post
प्रदेश सांसदद्वारा अग्निपीडितलाई जस्तापता

प्रदेश सांसदद्वारा अग्निपीडितलाई जस्तापता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In